१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
काठमाडौंकाे असन, ईन्द्रचोककाे व्यस्त बजार । तस्बिर : नयाँ पत्रिका अर्काइभ
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:o३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

असन–इन्द्रचोकका मन्दिर क्षेत्रका पसल हटाउन २४ घन्टे अल्टिमेटम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:o३:oo

गैरकानुनी संरचना भत्काउने अभियानमा मेयर बालेन्द्र साहलाई काठमाडौं महानगरवासीको व्यापक जनसमर्थन मिल्यो । उनी त्यसपछि अनधिकृत रूपमा राखिएका डिजिटल होर्डिङ बोर्ड हटाउन लागे । 

उनको अभियानलाई साथ दिँदै महानगरका वडा कार्यालयहरूले पनि आ–आफ्ना क्षेत्रमा रहेका अनधिकृत संरचना र पसल हटाउन सुरु गरेका छन् । 

यही क्रममा काठमाडौं महानगरपालिकाको २५ नम्बर वडा कार्यालयले असन, इन्द्रचोक क्षेत्रमा मन्दिर र तथा सम्पदा अतिक्रमित गरी सञ्चालन भइरहेका पसल हटाउने अभियान थालेको छ । 

वडा कार्यालयले २४ घन्टे अल्टिमेटम दिँदै मन्दिर तथा सम्पदा क्षेत्रमा अवैध रूपमा सञ्चालन भइरहेका पसल हटाउन सूचित गरेको छ । इन्द्रचोकस्थित सन्तानेश्वर महादेव मन्दिरवरिपरिको खास्तो व्यापार, भेडासिंहस्थित श्री भवानी शंकर मन्दिर क्षेत्रमा नौदेबल (माटोको भाँडाकुँडा)का पसललगायत अन्य व्यापार व्यवसाय हटाउन वडा कार्यालयले अल्टिमेटम दिइएको वडाध्यक्ष राजेश शाक्यले जानकारी दिए । 

उनले असनस्थित ट्रान्सफर्मर मुनि, उमा शंकर मन्दिरको दायाँ–बायाँ (दूध डेरी) मा रहेका पसलहरू हटाउन पनि निर्देशन दिएको छ । ‘भोलिसम्म कुर्छौँ,’ वडाध्यक्ष शाक्यले भने, ‘उहाँहरूले हटाउनुभएन भने महानगर प्रहरी लगाएर हामी आफैँ हटाउँछौँ ।’

उनले ऐतिहासिक, धार्मिक, सांस्कृतिक क्षेत्रमा असर पर्ने गरी कुनै व्यवसाय गर्न नदिने अभियान सबैतिर लागू गरिने जानकारी दिए ।