१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format o९:१८:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

पोखरामा मेयरले सार्वजनिक गरे सय काम 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:१८:oo

उज्यालो पोखरा अभियानदेखि व्यवसाय प्रवर्द्धन केन्द्र स्थापनासम्म

पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले एक सय दिनको अवधिमा गरेका एक सय काम सार्वजनिक गरेका छन् । गत १२ जेठमा पदभार ग्रहण गरेका आचार्यले शनिबार एक सय काम सार्वजनिक गरेका हुन् । उज्यालो पोखरा अभियानदेखि युवा तथा बेरोजगारलाई लक्षित गर्दै व्यवसाय प्रवर्द्धन केन्द्र स्थापनाको कामलाई महानगरले आफ्नो उपलब्धिको रूपमा लिएको छ । 

सार्वजनिक गरिएको काममा उज्यालो पोखरा अभियानअन्तर्गत नगरका २३ चोकमा १३ करोडको लागतमा हाइमास्ट पोल र एक हजार पाँच सय चारवटा सडकबत्ती जडान कार्य सुरु, कृषिउपज ढुवानी सेवा सञ्चालन, डिजिटल कृषि बजार व्यवस्थापन प्रणालीको सुरुवात, कृषि एम्बुलेन्स सञ्चालन, युवा तथा बेरोजगारलाई लक्षित गरी ३० करोडको पुँजीसहित व्यवसाय प्रवर्द्धन केन्द्र स्थापना, विपन्न नागरिक उपचार सहयोगअन्तर्गत एक सय ७१ जनालाई जनही एक लाखका दरले सहयोग वितरण, महानगरभित्र सञ्चालनमा रहेका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको नियमित स्वास्थ्य परीक्षणका लागि स्कुल नर्सिङ कार्यक्रम सञ्चालन, नगरका ३३ वटै वडामा ब्लडसुगर र युरिन परीक्षणका लागि प्रयोगशाला स्थापना, हेल्थ प्रोफाइल तयारको काम एक सय दिनको अवधिमा गरेको महानगरले जनाएको छ । 

निजी क्षेत्रसँगको साझेदारीमा नगरका ३२ स्थानमा ७२ वटा सार्वजनिक शौचालय सर्वसाधारणको उपयोगका लागि खुला गरिएको, महागनरले दिने सेवा प्रवाहलाई सरल र सहज बनाउन एकद्वार प्रणालीसँगै नगरवासीको गुनासो सुन्न तथा सुनुवाइका लागि हेल्लो मेयर कार्यक्रम सञ्चालन, सिसुवा अस्पतालका लागि नयाँ एम्बुलेन्स खरिद, नगरबसमा मेट्रोकार्डलाई महानगरले एक सय काम उल्लेख गरेको छ ।