१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ १८ शनिबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ भदौ १८ शनिबार ११:५६:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

तस्बिर साउथ एसियन फिल्म फेस्टिभलमा छानियो ‘राधा’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ भदौ १८ शनिबार ११:५६:oo

सुवर्ण थापा निर्देशित फिल्म ‘द सिक्रेट्स अफ राधा’ तस्बिर साउथ एसियन फिल्म फेस्टिभल (टिएसएएफएफ–२०२२)मा  छनोट भएको छ। सियाटलमा नोभेम्बर ३ देखि १३ सम्म आयोजना हुने फेस्टिभलमा निर्देशक थापा पनि सहभागी हुँदैछन्।

‘राधा’ले  नेपाली परिवेशमा गर्भवती महिलाले श्रीमानको पर्खाइमा बस्दा गर्नुपरेको संघर्षलाई चित्रण गरेको छ। अघिल्लो हप्ताबाट सिनेमा हलमा प्रदर्शनमा आएको ‘राधा’लाई कम शो दिएपछि निर्माण टिमले प्रदर्शन बन्द गरेका थिए। मौलिक कथामा निर्माण भएको यो फिल्मलाई दर्शक र समीक्षकबाट राम्रो प्रसंशा मिलेको छ।

यसअघि तस्बिर साउथ एसियन फिल्म फेस्टिभलमा  थापाको  फिचर फिल्म ‘सुनगाभा’ले पब्लिक च्वाइस अवार्ड जितेका थियो। सोही फेस्टिभलमा उनको सर्ट फिल्म ‘मलामी’ र ‘छोरा’ पनि प्रदर्शन भएको थियो।

फिल्मलाई विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरुमा पठाउने क्रम जारी रहेको निर्देशक थापाले बताए। फिल्मको मुख्य भूमिकामा श्रृष्टी श्रेष्ठ, सौगात मल्ल, खगेन्द्र लामिछाने, दिव्यदेव पन्त, मेनुका प्रधान, निश्चल बस्नेत, दयाहाङ राई, बुद्धि तामाङलगायतका कलाकारहरुको अभिनय छ।