१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
Invalid date format १o:५३:oo
Read Time : > 1 मिनेट
अर्थ

कालीगण्डकी करिडोरको मालढुंगादेखि गुल्मीको हर्मीचौरसम्म कालोपत्रे हुने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:५३:oo

राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोर कालेपत्रे हुने भएको छ ।  चालु आर्थिक वर्षमै कालोपत्रे सुुरु गर्नेगरी कालीगण्डकी करिडोरको बागलुङखण्ड ठेक्का प्रकृयामा गएको हो । करिडोरको मालढुंगादेखि बलेवा विमानस्थलखण्ड र बलेवा विमानस्थलदेखी गुल्मीको हर्मिचौरसम्मको खण्ड गरी दुई खण्ड नै कालेपत्रे हुने भएको हो। उक्त खण्ड ५५ किलोमिटर रहेको र कालेपत्रेका लागि ठेक्का आह्वान भएको आयोजनाले जनाएको छ। 

चालु आर्थिक वर्षमै कालोपत्रेको काम सुरु हुने गरी हर्मिचौरदेखि बलेवा विमानस्थल र बलेवा विमानस्थलदेखि मालढुङ्गाको दुई खण्डमा विभाजन गरेर ठेक्का आव्हान गरिएको कालीगण्डकी करिडोर (गैडाकोट–राम्दी–मालढुङ्गा) कार्यालय पाल्पाले जनाएको छ। चालु आर्थिक वर्षमै सडक कालोपत्रेका लागि पूर्वाधारहरुको काम थालनी गर्ने कालीगण्डकी करिडोर (गैडाकोट–राम्दी–मालढुङ्गा) कार्यालय पाल्पाका कार्यालय प्रमुख कल्पना अधिकारीका जानकारी दिइन् । 

‘करिडोरका लागि गत फागुनमा अर्थमन्त्रालयले बजेट सुनिश्चित गरेसँगै अहिले करिडोरको हर्मिचौरदेखि मालढुंगासम्मको  सडकखण्ड कालोपत्रेका लागि ठेक्कामा गएकाले जति सक्दो छिट्टै उक्त सडक कालोपत्रे हुने छ’, कार्यालय प्रमुख अधिकारीले भनिन् । ‘नेपाली सेनाले ट्रयाकसँगै ८ मिटर चौडा पारेर सडक विभागलाई हस्तान्तरण गरेको थियो, कुनै स्थनामा अहिले समस्या छ, उक्त स्थानको सडक चौडा पार्ने, पर्खाल लगाउने  र नाली निर्माण सहित सडक कालोपत्रेका लागि बजेट बिनियोजन भएर ठेक्कामा गएको हो, चालु आर्थिक वर्षमै छनौट भएको निर्माण कम्पनीले सडकको पूर्वाधार निर्माण थाल्नेछ ।’

गुल्मीको हर्मिचौरदेखि बागलुङको पालुङखोला–टाकुरी हुँदै मालढुंगासम्मको ५५ किमि सडक कालोपत्रेका लागि बहुवर्षीय ठेक्का खोलिएको हो ।  करिडोर अन्र्तगतको मालढुंगादेखी बलेवा बिमानस्थल सम्मको १० किलोमिटर सडक १० मिटर चौडा बनाई सडक विभागलाई २०७६ पुस १ गते हस्तान्तरण गरेको थियो । सडक विभागलाई हस्तान्तरण गरेको साढे दुई वर्ष दुई वर्षमा बल्ल उक्त सडक कालोपत्रेका लागि ठेक्कामा गएको छ । बलेवा विमानस्थलदेखि टाकुरी–पालुङखोलादेखि हर्मीचौरसम्मको सडक २०७८ असारमा करिडोर निर्माणको जिम्मा पाएको नेपाली सेनाले सडक विभागलाई हस्तान्तरण गरेको छ ।

सडक विभागले कालोपत्रेमा ढिलाईका विषयमा नागरिकबाट गुनासो र आलोचना हुन थालेपछि अर्थ मन्त्रालयले बजेट निकासा गरेको ६ महिनापछि ठेक्का खोलिएको हो ।  नेपालीको भाग्यरेखाका रुपमा रहेको भारत र चीनसँग जोडेर त्रिदेशीय सम्पर्कको रुपमा स्थापित हुने करिडोरको काम अगाडि बढ्ने अपेक्षा गरिएको छ ।  त्रिदेशीय सडकको रुपमा रहेको कालीगण्डकी करिडोरले छिमेकी भारत र चीनलाई जाडेको छ ।

मालढुंगादेखि गुल्मीको रिडीसम्मको खण्डमा सेनाले २०७० देखि काम गरेर सडक हस्तान्तरण गरेको छ । २०७० को असारमा शिलान्यास गरेपछि सेनाले ८० किमि ट्रयाक खोलेको थियो । सबै सडकखण्डको ट्रयाक खुलेपछि चौडा पार्ने काम पनि सेनाकै जिम्मामा सडक चौडा पारिएको छ । अब सडककमा नाली र कालोपत्रे लगायतको काम मात्रै बाँकी छ । अत्याधिक पहरो र कडा चट्टान भएकाले सरकारले सेनालाई काम गर्ने जिम्मा दिएपछि ट्रयाक खुलेको थियो । 

मालढुंगादेखि बलेवासम्मको सडक हस्तान्तरण भएको साढे दुई वर्ष वित्दा समेत कालोपत्रेको प्रकृयामा नगएपनि ढिलै भएपनि बागलुङको सबै खण्ड एकैपटक ठेक्कामा जानु बागलुङका लागि खुसीको कुरा भएको बागलुङ क्षेत्र नम्बर १ का संघीय सांसद डा. सुर्य पाठकले जानकारी दिए । यस सडक ठेक्का प्रक्रियामा जाँदा राम्रो निर्माण कम्पनी परेमा अबको ३ वर्षमा सवै कालेपत्रे हुने विश्वास लिइएको छ । 

करिडोर कालेपत्रे भएपश्चात बागलुङ लगायत आसपासका जिल्लाको व्यापारीक चहलपहल थप बढ्ने  विश्वास लिइएको छ भने बागलुङको बलेवामा रहेको बलेवा विमानस्थल संचालनमा सहज हुने बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले बताए । करिडोर कालेपत्रे भएसँगै विमानस्थल संचालन गर्नुका साथै बागलुङ, म्याग्दी, र मुस्ताङ्मा भारतीय पर्यटकको सिधा सम्पर्क हुने विश्वास लिइएका