१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
रासस नैरोबी
२o८१ बैशाख २१ शुक्रबार १३:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

अफ्रिकाको शान्ति सुरक्षाको अवस्थामा सुधार : अफ्रिकी युनियन

Read Time : < 1 मिनेट
रासस, नैरोबी
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १३:५९:oo

अफ्रिकी देशहरूमा शान्ति र सुरक्षाको अवस्थामा उन्नति भएको अफ्रिकी युनियनले जनाएको छ। यहाँका आन्तरिक द्वन्द्व एवं अन्य विवादका विषयमा भएका अफ्रिकी देशहरूका सामूहिक प्रयासका कारण यी देशहरूको शान्ति सुरक्षाको अवस्थामा सुधार आएको दाबी गरिएको हो।

अफ्रिकी युनियनका एक अधिकारीले अफ्रिकी देशहरूमा पछिल्लो समयमा देखा परिरहेको अशान्ति र आतंकवादी क्रियाकलाप नियन्त्रणका क्षेत्रमा सबै देशले सामूहिक रूपमा प्रयास गरेका बताए।

सोही प्रयासका कारण यहाँको शान्ति सुरक्षाको अवस्थामा सुधार आएको युनियनको निशस्त्रीकरण आयोजनाका प्रमुख तथा सुरक्षा क्षेत्र सुधार विभागका प्रमुख क्रिस्टोफर सुना कायोसेले बताए।

केन्याको राजधानी नैरोबीमा भएको एक सम्मेलनमा आफ्ना धारणा राख्दै उनले बिहीबार भने, ‘यो सुधार अफ्रिकी देशहरूको सामूहिक प्रयासको प्रतिफल हो।’ यसका साथै यी देशहरूले नागरिक समाजका विभिन्न संघ–संगठनहरूको परिचालनका साथै शान्ति सुरक्षा कायम राख्नका लागि शान्ति सेनाको पनि परिचालन गरेका छन्।

यी प्रयासहरू अफ्रिकी देशहरूले सामूहिक रूपमा गरिरहेका र नागरिक संघसंस्थालाई पनि हत्या–हिंसाका विरुद्धमा जनचेतनाका कार्यक्रम गरिएको उनले बताए। सिन्ह्वा

ad
ad