१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १o:४१:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

बिमाको पहुँच दुर्गम क्षेत्रमा पुर्‍याउन आवश्यक : अर्थमन्त्री शर्मा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १o:४१:oo

अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले बिमाको पहुँच दुर्गम क्षेत्रमा पुर्‍याउन आवश्यक रहेको बताएका छन् । बिहीबार सुर्खेतमा बिमा समितिको प्रादेशिक कार्यालय उद्घाटन गर्ने क्रममा अर्थमन्त्री शर्माले दूरदराजसम्म बिमाको साक्षरतासँगै पहुँच पुर्‍याउन सहयोगी भूमिका खेल्नसमेत बिमा समितिलाई निर्देशनसमेत दिए ।  

कर्णालीका अधिकांश नागरिक बिमाको पहुँचबाहिर रहेको भन्दै मन्त्री शर्माले बिमा कम्पनीहरूलाई सेवा विस्तार गर्न समितिले समन्वयकारी भूमिका खेल्नुपर्ने बताएका थिए । उनले नयाँ बिमा विधेयक ल्याउन लागेकोसमेत जानकारी गराउँदै नयाँ विधेयकमा सरकारले बिमा प्राधिकरण, बिमा प्रतिष्ठान, बिमा सूचना केन्द्रजस्ता संरचनाको प्रस्ताव गरेको भन्दै उनले जनशक्ति व्यवस्थापनका लागि छुट्टै कलेजको आवश्यकता रहेको पनि बताए ।

बिमा सेवा सहर–बजारमा मात्र सीमित नभई गाउँ–गाउँसम्म पुग्नुपर्ने उनको भनाइ थियो । बिमा कम्पनीले समयमा भुक्तानी नदिने, बिमितले दाबीअनुसारको भुक्तानी नपाउने गुनासो आफूले सुनेको भन्दै उनले बिमालाई थप विश्वसनीय वातावरणका साथ सेवा विस्तारमा ध्यान दिन निर्देशन दिएका छन् । 

लघुवित्तमार्फत सहुलियतपूर्ण ऋणलाई जनताको खेतबारीसम्म पुर्‍याउने लक्ष्य सरकारले लिएको भन्दै मन्त्री शर्माले बिमा कम्पनीहरू त्यहाँसम्म पुग्नुपर्ने बताए । बिमा समितिले बिमा व्यवसायको समग्र नियमन, बिमितहरूको सुरक्षा, बिमा साक्षरता, बिमक र बिमितका समस्या समाधान गर्न अग्रसर हुनुपर्ने उनले बताएका थिए ।