मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०८० जेठ २४ बुधबार
  • Wednesday, 07 June, 2023
२०७९ भदौ १३ सोमबार १९:२३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

४ वषदेखि अनमीको भरमा चलिरहेको स्वास्थ्य केन्द्र 

Read Time : < 1 मिनेट
२०७९ भदौ १३ सोमबार १९:२३:००

हिमाली जिल्ला ताप्लेजुङको मैवाखोला गाउँपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र चार वर्षदेखि अनमीको भरमा सञ्चालनमा रहेको छ। मैवाखोला गाउँपालिका वडा नं. २ तेम्बेमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टरको दरबन्दी खाली भएपछि अनमीको भरमा रहेको हो। 

२०७६ सालमा सो प्राथमिक केन्द्रमा कार्यरत डा. सर्बिन्द्र मण्डल सामयोजनमा परेर सरुवा भएपछि चार वर्षदेखि डाक्टरविहीन बनेको मैवाखोला गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख फुर्बा शेर्पाले बताए। उनले भने, ‘२०७६ सालमा डा. सर्बेन्द्रको सरुवा भएपछि अनमी सुनिता लिम्बूले प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालन गरिरहेको बताए।’ 

डाक्टर नहुँदा स्थानीयवासीले दुःख पाएका छन्। उता, निमित्त स्वास्थ्य केन्द्र प्रमुख अनिता लिम्बूले यस अस्पतालमा चार वर्षदेखि निमित्त प्रमुख भएर काम गरिरहँदा धेरै दुःख पाएको बताइन्। उनले यो अस्पताल सूचना प्रविधिबाट बाहिर रहेको अनुभव बताइन्। लिम्बूले भनिन्, ‘अहिलेको सबै ठाउँमा अनलाइनको व्यावस्था भएको छ तर यहाँ मोबाइलसम्म नचल्दा दिक्क लागेर आउँछ।’