१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १९:१५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

धादिङ अस्पताल : १४ स्थायी चिकित्सक दरबन्दी, शून्य पदपूर्ति

करार चिकित्सकको भरमा धादिङ अस्पताल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:१५:oo

धादिङ अस्पतालमा १४ जना सरकारी स्थायी चिकित्सकको दरबन्दी छ। तर, अस्पतालमा स्थायी चिकित्सक एकजना पनि छैनन्। पदपूर्ति भएको एकजना आठौँ तहका मेडिकल अधिकृत डाक्टर सफलतादेवी कोजु पनि करिब दुई वर्षदेखि अध्ययन बिदामा छिन्। स्थायी चिकित्सकबिना नै अस्पताल चलिरहेको धादिङ अस्पतालका सूचना अधिकारी बिक्रम विकले बताए। 

ठूलो संख्यामा रिक्त रहेको स्थायी चिकित्सक दरबन्दी सुरुदेखि नै खाली छ। कहिलेकाहीँ आक्कल झुक्कल १/२ जना चिकित्सकलाई पदपूर्ति गरिन्छ। सूचना अधिकारीले भने, ‘स्थायी चिकित्सकको कोटा सुरुदेखि नै खाली छ, १४ वटा सरकारी कोटामा एकजना पनि चिकित्सक छैनन्, भन्न पनि लाजै मर्दौ छ तर हामीले सेवा चाहिँ रोकेका छैनौँ।’

स्थायी दरबन्दीअनुसार विशेष चिकित्सक ९ जना, मेडिकल अधिकृत ४ जना, डेन्टल सर्जन १ जना हुनुपर्ने सूचना अधिकारी विकले बताए। तर, करार तथा अन्य स्राेतबाट व्यवस्थापन गरी अस्पताल चलेको छ।