१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ १३ सोमबार
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ भदौ १३ सोमबार १४:१o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

त्रिवि तालाबन्दीबारे प्रधानमन्त्री र शिक्षामन्त्रीसँग स्पष्टीकरण साेध्न सांसद सुवालको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ भदौ १३ सोमबार १४:१o:oo

सांसद प्रेम सुवालले पछिल्लो तीन वर्षयता प्रधानमन्त्री र शिक्षामन्त्री भएकाहरूसँग स्पष्टीकरण सोध्नुपर्ने बताएका छन्। तीन वर्षमा त्रिभुवन विश्वविद्यालय तीन सय दिन तालाबन्दी भएको उल्लेख गर्दै उनले सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा यस्तो बताएका हुन्।

कैयौँ देशमा युद्धको समयमा समेत विद्यालय र विश्वविद्यालयहरू सञ्चालन भएका उल्लेख गर्दै उनले भने, ‘युद्धको वेला पनि विद्यालय सञ्चालन भएका देशहरू धेरै छन्। त्रिभुवन विश्वविद्यालय तीन वर्षयता तीन सय दिन तालाबन्दी भयो। यो अवधिमा प्रधानमन्त्री र शिक्षामन्त्री बनेकाहरूसँग स्पष्टीकरण लिन जरुरी छ।’

सांसद सुवालले भारतमा गगनचुम्बी जुम्ल्याह भवन बम राखेर भत्काएजस्तै ठमेलको सार्वजनिक कमल पोखरीमा निर्माण गरिएको छाया कम्प्लेक्स पनि भत्काउन जरुरी रहेकोमा जोड दिए। निर्वाचन घोषणा भएपछि संसद् सुचारु राख्नु आचारसंहिताको उल्लंघन भन्दै उनले तत्काल संसद् अन्त्य गर्न मागसमेत राखे।