१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १८:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

निलम्बित प्रधानन्यायाधीशविरुद्ध प्रमाण पेस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १८:५३:oo

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि लगाइएको महाभियोगको आरोप पुष्टि हुने आधारसहित नेपाल बार एसाेसिएसन र सर्वोच्च अदालत बार एसाेसिएसनले उपलब्ध प्रमाणहरू महाभियोग सिफारिस समितिमा बुझाएका छन्। 

आइतबार अपराह्न सिंहदरबारस्थित संसद् सचिवालयमा पुगेर नेपाल बार एसाेसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे र सर्वोच्च अदालत बार एसाेसिएसनका अध्यक्ष पूर्णमान शाक्य नेतृत्वको टोलीले निलम्बित प्रधानन्यायाधीश जबराविरुद्ध लगाइको महाभियोग सिफारिस समितिले प्रमाण पेस गर्न दिएको समयभित्रै आफूहरूसँग उपलब्ध प्रमाणहरू पेस गरेको हो। 

महाभियोग सिफारिस समितिले यही श्रावण १० गते शुक्रबार ३ दिनभित्र त्यसका प्रमाणहरू पेस गर्न नेपाल बार र सर्वोच्च बारलाई पत्राचार गरेको थियो। आइतबार आफूसँग उपलब्ध सोसम्बन्धी प्रमाणहरू लिखित रूपमा बुझाइएको नेपाल बार एसाेसिएसनका अध्यक्ष घिमिरेले बताए। उनले आफूहरूले बुझाएको सो प्रमाणलाई गम्भीरतापूर्वक लिई महाभियोग प्रस्ताव पारित गर्न पनि महाभियोग सिफारिस समितिलाई आग्रह गरे। 
 

ad
ad