१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १५:११:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

सशस्त्रले १७ स्थानमा विद्युतीय सवारी चार्जिङ स्टेसन बनाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १५:११:oo

सशस्त्र प्रहरी बलले नेपाल विद्युत् प्राधिकरणसँगको सहकार्यमा १७ स्थानमा विद्युतीय सवारी चार्जिङ स्टेसन बनाउने भएको छ। विद्युतीय सवारी चार्जिङ स्टेसन निर्माण तथा सञ्चालन र सशस्त्रका विभिन्न इकाइहरूमा इन्डक्सन चुलाेको प्रयोगबारे प्राधिकरण र सशस्त्रबीच  शुक्रबार सम्झौता भएको हो।

सम्झौताअनुसार सशस्त्रका हाल सञ्चालित दुई पेट्रोल पम्प तथा अन्य उपयुक्त स्थानहरूमा चार्जिङ स्टेसन निर्माण गरिनेछ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले हल्चोकस्थित सशस्त्रको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन्।

सशस्त्रले निर्माण गर्ने विद्युतीय सवारी चार्जिङ स्टेसनको सम्पूर्ण खर्च प्राधिकरणले व्यहोर्नेछ भने त्यसको सुरक्षा तथा सञ्चालन सशस्त्र प्रहरीले गर्नेछ।

सम्झौताअनुसार इन्डक्सन चुलाे प्रयोगमा ल्याउन पहिलो चरणमा सशस्त्रको प्रधान कार्यालय, राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान तथा सबै बाहिनी मुख्यालय, तालिम शिक्षालय, गण तथा दोस्रो चरणमा सबै गुल्महरूका लागि प्राधिकरणबाट ट्रान्सफर्मर जडानको काम हुनेछ।

विद्युतीय सवारी चार्जिङ स्टेसन निर्माणका लागि प्राधिकरणले यसअघि नेपाल प्रहरीसँग यस्तो सम्झौता गरिसकेको छ।

 

* '१७ स्थानमा विद्युतीय सवारी चार्जिङ स्टेसन बनाउने' हुनुपर्नेमा अन्यथा भएकाले भुल सुधार गरेका छाैं।

ad
ad