१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २४ सोमबार o८:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

एमाले केन्द्रीय कमिटी बैठक बस्दै    

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o८:१७:oo

एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बिहान ११ बजे बैठक बस्न लागेको हो । एमाले प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालका अनुसार बैठकमा विभिन्न ११ कार्यसूची रहेका छन् ।  

पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, केन्द्रीय कमिटी सदस्यहरूको शपथ र कार्यविभाजन, सचिवालयका निर्णय अनुमोदन, निर्वाचनमा उम्मेदवारको छनोट प्रक्रियाको मापदण्ड, स्थानीय निर्वाचन छानबिन कमिटीको प्रतिवेदनलगायत पेस गर्ने कार्यसूची रहेको रिजालले जानकारी दिए । 

यस्तै, सदस्यता अभिलेख व्यवस्थापन, सल्लाहकार परिषद् र तीनै आयोगका प्रतिवेदन, भारत प्रवासको कामका सम्बन्धमा नियमावली, पार्टी कामसँग सम्बन्धित केही नियम निर्माण र समसामयिक प्रस्ताव रहेका छन् । स्थानीय निर्वाचनपछि एमालेको केन्द्रीय कमिटी बैठक पहिलोपटक बस्न लागेको हो ।  

यही भदौ ७ गते स्थायी र भदौ ९ गते पोलिटब्युरो बैठक बसिसकेको छ । ती दुवै बैठकमा नेताहरूले पार्टी अध्यक्ष ओलीले केन्द्रीय कमिटीमा पेस गर्ने राजनीतिक प्रतिवेदनमाथि सुझाव दिएका थिए ।     

 

ad
ad