१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार o६:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नबिलले ल्यायो ‘ढुक्क मुद्दती खाता’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o६:o६:oo

नबिल बैंकले नयाँ मुद्दती खाता सञ्चालनमा ल्याएको छ । बैंकले ‘नबिल ढुक्क मुद्दती खाता’ नाममा ग्राहकले मुद्दतीमा जम्मा गरेको रकम तोकिएको समयपश्चात् दोब्बरदेखि दश गुणासम्म हुने योजना ल्याएको हो । 

यो मुद्दती योजना नेपालमा आर्जित तथा विप्रेषणमार्फत प्राप्त रकममा खोल्ने खातामा फरक ब्याजदर तोकिएको छ । नेपालमा आर्जित रकममा ६ वर्ष तीन महिना २३ दिनमा दुई गुणा, १४ वर्ष सात महिना २८ दिनमा पाँच गुणा तथा २० वर्ष ११ महिना २० दिनमा १० गुणा रकम प्राप्त गर्न सकिने जनाइएको छ । 

त्यसैगरी, विप्रेषणअन्तर्गत खोलिने खातामा भने पाँच वर्ष नौ महिना १५ दिनमा दुई गुणा, १३ वर्ष पाँच महिना ११ दिनमा पाँच गुणा तथा १९ वर्ष दुई महिना २५ दिनमा १० गुणा रकम प्राप्त गर्न सकिने बैंकले जनाएको छ । यो खाताअन्तर्गत ग्राहकले तीन लाख रुपैयाँसम्मको क्रेडिट कार्ड सुविधा पनि पाउने बैंकले जनाएको छ । 
 

ad
ad