१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख ३० आइतबार १७:o४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

वर्षमान पुन भन्छन्– समाजवादीसँग एकता गर्छौँ, बाबुराम र वामदेवलाई पनि सँगै लैजान्छौँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १७:o४:oo

माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले आफ्नो दल र नेकपा एकीकृत समाजवादीबीच विचार र कार्यदिशामा समानता रहेको बताएका छन् । विचार मिलेकै कारण आसन्न ४ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा साझा घोषणापत्र बनाउने सहमति दुई दलबीच भएको उनले बताए ।

यस्तै, एकता संयोजन समिति बनाउने र निर्वाचनपछि पार्टी एकता हुने सहमति आफूहरूबीच भइसकेको उनको भनाइ थियो । ‘माओवादी केन्द्र र एकीकृत समाजवादीबीच विचारको समानता छ । राजनीतिक कार्यदिशामा पनि एकरूपता छ । केही समय अगाडिसम्म हामी एउटै पार्टी नेकपामा सँगै थियौँ,’ मंगलबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग पुनले भने, ‘परिस्थितिले हामी अलग भएका छौँ । तर, फेरि पनि हामी वामशक्तिहरू एक ठाउँमा आउनुपर्छ । यसमा सबभन्दा राजनीति मिल्नेहरू भनेको माओवादी र समाजवादी नै हो ।’ 

पुनले बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानसँग पनि एउटै घोषणापत्र बनाएर चुनावमा जानेबारे छलफल चलेको जानकारी दिए । ‘बाबुराम भट्टराईजी र वामदेव गौतमजीसँग पनि कुरा भइरहेको छ,’ पुनले भने, ‘सकेसम्म एउटै घोषणापत्र बनाएर जाने कुरा भइरहेको छ ।’ 

गठबन्धनमा रहेका कांग्रेससहित अन्य दलसँग न्यूनतम साझा कार्यक्रम बनाएर निर्वाचनमा जाने उनले बताए । मुलुकको परराष्ट्र नीति तथा सुशासन र विकासबारे समान धारणा बनाएर जनताका बीचमा लैजाने उनले स्पष्ट गरे । राजनीतिक स्थायित्व, संविधानको रक्षा र संविधानमा उल्लेख जनताका अधिकार कार्यान्वयनका लागि वर्तमान सत्तागठबन्धन बनेको चर्चा गर्दै उनले ती विषय पनि आफूहरूको साझा चुनावी एजेन्डा भएको उल्लेख गरे ।

ad
ad