१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार o८:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

असार पहिलो साता एनआरटी टेबलटेनिस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:४१:oo

न्युरोड टिम (एनआरटी)को आयोजनामा केकेएम/एनआरटी खुला टेबलटेनिस प्रतियोगिता ४ देखि ८ असोजसम्म हुने भएको छ । लैनचौरस्थित टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने प्रतियोगितामा विभिन्न ११ स्पर्धामा प्रतिस्पर्धा हुने अध्यक्ष सुन्दरनरसिंह जोशीले बताए । जसमा ५ भेट्रान विधा रहेको छ । 

यसबाहेक महिला, पुरुष एकल र जुनियर महिला, पुरुष प्रतिस्पर्धा छ । महिला, पुरुष १९ वर्षमुनि र क्याडेटतर्फ १५ वर्षमुनिका महिला तथा पुरुष प्रतिस्पर्धा राखिएको छ । 

महिला तथा पुरुषतर्फको एकल विजेताले समान क्रमशः ५० हजार, २५ हजार र १० हजार नगद पाउनेछन् । १९ वर्षमुनि र १५ वर्षमुनिको क्याडेट महिला तथा पुरुष विजेताले समान क्रमशः १० हजार, ५ हजार र २५ सय पाउने आयोजकले जनाएको छ ।

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा तेस्रो स्थान हासिल गरेको एनआरटीका अध्यक्ष जोशीले प्रतियोगितामा भेट्रानतर्फ दक्षिण एसियाका खेलाडी सहभागी हुने बताए । 

ad
ad