
संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ सेन्ट्रल अफ्रिकन रिपब्लिक (कार)मा खटिएका नेपाली शान्ति सैनिकको अदली–बदली भएको छ।
सेनाको कालीजंग गण (शान्ति सेना)को लाइट इन्फेन्ट्री बटालियन (एलआइबी) पहिलो डफ्फाको एड्भान्स टिम र सैनिक प्रहरी युनिट बदलीका लागि सैनिक टोली त्यसतर्फ लागेको हो। टिमको नेतृत्व प्रमुख सेनानी विजय बस्नेतले गरेका छन्। हाल एक सय १६ जना सैनिक राष्ट्रसंघीय चार्टर उडानबाट प्रस्थान गरेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
सेन्ट्रल अफ्रिकन रिपब्लिकमा जम्मा सात सय ६९ जनाको समूह तैनाथ छ। त्यसबाहेक स्टाफ र अब्जरभर गरी थप २० जना पनि त्यहाँ कार्यरत छन्।