१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
सौगात मल्ल , अभिनेता
नयाँ पत्रिका काठमाडाैं
२०७९ भदौ ४ शनिबार ०९:००:००
Read Time : < 1 मिनेट
साहित्य प्रिन्ट संस्करण

पुस्तक वार्ता : कतिपय साथीले पुस्तक फिर्ता गर्दैनन्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ भदौ ४ शनिबार ०९:००:००

नेपाली लेखकमध्ये इन्द्रबहादुर राई मनपर्छ ।  उनको कथा ‘जार’ मलाई निकै मनपरेको थियो ।  पुस्तक पढ्दा नै कुनै दिन नाटक गर्छु भनेर सोचेको थिएँ । त्यही कथामा आधारित फिल्म ‘जार’ मा अभिनय गर्ने अवसर पनि मिल्यो । 

अभिनयबाहेकको मेरो अर्को सौख अध्ययन हो । गुरुकुलमा छँदा मलाई लाइब्रेरीमा बसेर किताब पढ्न खुब मजा लाग्थ्यो । मलाई किताबको बास्ना नै मिठो लाग्छ ।
देशी–विदेशी लेखकहरूका थुप्रै पुस्तक पढेको छु । नेपाली लेखकमध्ये इन्द्रबहादुर राई मनपर्छ । उनको कथा ‘जार’ मलाई निकै मनपरेको थियो ।

पुस्तक पढ्दा नै कुनै दिन नाटक गर्छु भनेर सोचेको थिएँ । त्यही कथामा आधारित फिल्म ‘जार’ मा अभिनय गर्ने अवसर पनि मिल्यो । राईकै ‘लेखा माया’ कथासंग्रह पनि निकै रमाइलो छ । उहाँको अधिकाशं कथाहरू पढेको छु । 

विश्वेश्वरप्रसाद कोइरालाको सुम्निमा पढ्दा अर्कै खाले फिल गरेको थिएँ । पढ्ने निश्चित समय हुँदैन । फुर्सद हुँदा दिउँसो पनि पढ्छु । इन्ट्रेस्टिङ पुस्तकहरू रातको समय पनि पढ्छु । बिहानको समय चैं खासै जाँगर चल्दैन ।

जाँगर चल्दा पनि फिल्मका स्क्रिप्टहरू पढ्छु । म पुस्तक किन्न हिच्किचाउँदिँन । आफूले पढेका पुस्तक साथीभाईलाई पनि दिने गर्छु । तर, कतिपय साथीले पुस्तक लगेर पनि फर्काउँदैनन् ।