मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
Invalid date format १३:o४:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

तालिबानद्वारा काबुल मस्जिद आक्रमणको निन्दा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:o४:oo

बुधबार अफगानिस्तानको राजधानी काबुलको एक मस्जिदमा भएको आक्रमणको तालिबानले निन्दा गरेको छ। अफगानिस्तानको राजधानी काबुल सहरमा रहेको एक मस्जिदमा भएको बम विस्फोटमा परी कम्तीमा २० जनाको ज्यान गएको छ। बुधबार साँझ प्रार्थनाका क्रममा सो विस्फाेटमा परी अरू ४० घाइते भएका काबुलका सुरक्षाकर्मीले जानकारी दिएका छन्।

अपराधका दोषीहरूलाई छिट्टै पक्राउ गरी सजाय दिइने इस्लामिक इमिरेट्सका प्रवक्ता जबिहुल्लाह मुजाहिदले एक ट्विटमार्फत बताएका टोलो समाचार समितिले जनाएको छ। साँझको प्रार्थनाको समयमा मस्जिदपरिसरमा भएको सो आक्रमणबाट घाइते भएका ४० जनालाई अस्पताल पुर्‍याइएको जनाइएको छ। घाइतेहरूमध्ये अधिकांशको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ।

तालिबानले अफगानिस्तानमा आफ्नो पूर्ण नियन्त्रण रहेको दाबी गरे पनि इस्लामिक स्टेटले देशभरि सर्वसाधारण र प्रहरीमाथि आक्रमण जारी राखेको छ। अफगानिस्तानको समाचार समितिका अनुसार तालिवानले हताहतबारे कुनै वक्तव्य जारी गरेको छैन। विस्फोटको अहिलेसम्म कुनै पनि आतंकवादी समूहले जिम्मेवारी लिएको छैन। यस आक्रमणमा मारिएकामा अमिर मोहम्मद काबुली नामका एक शीर्ष इस्लामिक धर्मगुरु पनि छन्।

दुई साताअघि काबुलमा भएका दुईवटा घातक विस्फोटमा दशजनाको मृत्यु हुनुको साथै ४० जना घाइते भएका थिए। इस्लामिक स्टेटले दुवै आक्रमणको जिम्मेवारी लिएको थियो। अफगानिस्तानमा तालिबान शासनको एक वर्ष पुगेको यस अवधिमा आक्रमण भएको छ। प्रत्यक्षदर्शीले सो आक्रमण आत्मघातीहरूले गराएका बताएका छन्।

यसैबीच, अधिकार समूहहरूले तालिबानले मानव अधिकार र महिला अधिकारको सम्मान गर्ने धेरै प्रतिज्ञा तोडेको बताएका छन्। न्युयोर्कमा रहेको अधिकार समूहले आफ्नो प्रतिवेदनमा तालिबानले गरेको मानव अधिकार उल्लंघनको व्यापक निन्दा गरेको र देशको डरलाग्दो मानवीय अवस्थालाई सम्बोधन गर्ने अन्तर्राष्ट्रिय प्रयासहरूलाई अवरोध गरेको बताएको छ। रासस/एएनआई