१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १५:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

आठ महिनापछि मुगु अस्पतालमा विशेषज्ञ डाक्टर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १५:४६:oo

१५ शय्या र ५७ बेड रहेको जिल्लाको एक मात्र अस्पतालले आठ महिनापछि मात्रै विशेषज्ञ डाक्टर पाएको छ । गत मंसिरमा एमडिजिपी डाक्टर सिद्धार्थ खातीले छाडेपछि विशेषज्ञ डाक्टरको पद खाली भएको थियो । मंगलबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट एमडिजिपी डाक्टर सुरेन्द्र शाक्यलाई मुगु अस्पताल पठाइएको छ । लामो समयदेखि विशेषज्ञ डाक्टर नहुँदा यहाँका सामान्य शल्यक्रिया गर्नुपर्ने बिरामीलाई पनि अन्य जिल्लामा रिफर गर्नुपर्ने बाध्यता रहेको थियो ।

जिल्लाका सबै पक्षबाट पटक–पटक जिल्ला अस्पतालमा विशेषज्ञ डाक्टरको आवश्यकतासम्बन्धी माग गरिएपछि यहाँका बिरामीको मर्म बुझेर आफूले प्रतिष्ठानबाट विशेषज्ञ डाक्टरको व्यवस्था मिलाएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति डाक्टर मंगल रावलले बताए । हाल अस्पतालमा सातजना एमबिबिएस डाक्टर, एक डेन्डिस्ट, अन्य स्वास्थ्यकर्मी, प्रशासनका कर्मचारी, सहायकस्तरका कर्मचारी, कार्यालय सहयोगी तथा स्विपरलगायत ८५ जना कर्मचारी कार्यरत छन् ।

अस्पतालमा आइपर्ने समस्याको समाधानमा आफू लागिपर्ने अस्पताल विकास समिति अध्यक्ष गजेन्द्रबहादुर मल्लले बताए । डेढ वर्षदेखि खाली रहेको अध्यक्ष पदमा उनले आइतबार मात्रै चार वर्षका लागि पदभार ग्रहण गरेका थिए । नयाँ आएका एमडिजिपी डाक्टरको तलब, भत्ता र अन्य सेवा–सुविधा प्रतिष्ठानबाट आधा र जिल्ला अस्पतालले आधा व्यहोर्ने सहमति भएको उनले बताए ।

आठ महिनापछि विशेषज्ञ डाक्टर आउँदा अब जिल्लाका सामान्य खालका अप्रेसन, हर्निया, हाइड्रोसिल, एपेन्डिसायटिस, सुत्केरी महिलाका समस्या, बालबालिकाका समस्या जिल्लामै समाधान हुने जिल्ला स्वास्थ्य सेवा व्यवस्थापक उमेश गौतमले बताए ।

ad
ad