मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ १ बुधबार ११:४८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

माओवादीको स्थायी समिति बैठकमा आज के होला ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ १ बुधबार ११:४८:००

सत्तारूढ दल माओवादीको स्थायी समिति बैठक आज पनि बस्दै छ । संघ र प्रदेश सभाको ४ मंसिरमा हुने निर्वाचनका लागि दल दर्ता गराएको भोलिपल्ट माओवादीको स्थायी समिति बैठक बस्न लागेको हो । 

दिउँसो १ बजेबाट सुरु हुने बैठकमा समसामयिक राजनीति, निर्वाचन तयारी, उम्मेदवारको मापदण्ड, पार्टीको पदाधिकारी चयनलगायतका विषयमा छलफल हुँदै छ । 

यीबाहेक बाबुराम भट्टराई र वामदेव गौतमको विषयमा पनि बैठकमा छलफल हुने नेताहरूले जानकारी दिएका छन् । भट्टराई र गौतमले हिजो माओवादीको चुनाव चिह्न (गोलाकारभित्रको हँसिया हथाैडा) प्रयोग गरेर निर्वाचन लड्ने गरी निर्वाचन आयोगमा संयुक्त निवेदन दिएका छन् । 
साथै, भट्टराई गोरखा र गौतम प्युठानबाट निर्वाचन लड्ने तयारीमा छन् । भट्टराई अघिल्लोपटक माओवादीका उम्मेदवार नारायणकाजी श्रेष्ठसँग प्रतिस्पर्धामा थिए । यसपटक माओवादीकै चुनाव चिह्नमा उठ्ने भएपछि भट्टराई वा श्रेष्ठमध्ये को उम्मेदवार हुने भन्ने टुंगो छैन । 

श्रेष्ठ हाल राष्ट्रिय सभामा छन् । तर, उनी कम्तीमा एकपटक प्रत्यक्ष निर्वाचित भएर प्रतिनिधिसभा पुग्न चाहन्छन् । उता, गौतम प्युठानबाट दाबी गरिरहेका छन् । यसअघि त्यहाँ एमाले, माओवादीले जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललाई उम्मेदवार बनाएको थियो । उनी ठूलो मतअन्तरले विजयी भएकी थिइन् । 

यस्तोमा गौतमको दाबी र भट्टराईको उम्मेदवार कहाँबाट हुने भन्ने विषयमा पनि माओवादी बैठकमा छलफल हुने बताइएको छ ।