मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
श्रवण थापा सर्लाही
Invalid date format १७:२४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सर्लाहीबाट स्रोत नखुलेको सुन र पैसासहित २ जना पक्राउ 

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
Invalid date format १७:२४:oo

सर्लाही प्रहरीले ठूलो परिणाममा स्रोत नखुलेको पैसा र सुनसहित दुईजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार सोमबार साँझ जिल्लाको बरहथवा नगरपालिकास्थित हिरापुर ब्यारेजनजिकैबाट स्रोत नखुलेको ३६ लाख नगद र १९ लाख ५८ हजारबराबरको सुनका गरगहना बरामद भएको हो। 

हरिवन नगरपालिकास्थित नयाँ रोडबाट हिरापुर जाँदै गरेको प्रदेश ०२–०३३ प ७७५० नम्बरको मोटरसाइकल चेकजाँचको क्रममा उक्त रकम र सुनका गरगहना बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीले उक्त पैसा र सुनका गहनासँगै मोटरसाइकल चलाउने डोटीको शिखर नगरपालिका–७ घर भई हाल काठमाडौं जिल्ला कपन–१० बस्दै आएका ३० वर्षका हर्कबहादुर कठायत र पछाडि सवार भक्तपुर चाँगुनारायण–२ दुवाकोट बस्ने ३१ वर्षका विशाल खत्रीलाई पनि प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ परेका खत्रीले बोकेको लेदरको ब्यागबाट उक्त नगद र सुनका गरगहना बरामद भएको जिल्ला प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए। पक्राउ परेका उनीहरूलाई जिल्ला भन्सार कार्यालय सर्लाहीको जिम्मा लगाएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।