१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण ३१ मंगलबार
  • Monday, 30 June, 2025
२o७९ श्रावण ३१ मंगलबार १५:३३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ट्रकको ठक्करबाट स्कुटीचालकको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ श्रावण ३१ मंगलबार १५:३३:oo

झापामा ट्रकको ठक्करबाट सख्त घाइते भएका स्कुटरचालकको मंगलबार मृत्यु भएको छ। यही साउन २७ गते ट्रकको ठक्करबाट घाइते भएका स्कुटरचालक दमक नगरपालिका– ४ का ६८ वर्षीय रामजुलुम नायकको आज बिहान १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत दमक– ४ मा पश्चिमबाट पूर्वतर्फ आउँँदै गरेको ना.८ख ३३३३ नम्बरको ट्रकले दक्षिणबाट उत्तरतर्फ बाटो काट्दै गरेको प्रदेश नम्बर १–०४–००१ प २४५५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। दुर्घटनामा स्कुटरचालक नायक सख्त घाइते भएपछि दमकस्थित निम्स अस्पताल लगिएकामा थप उपचारका लागि विराट नर्सिङ होम विराटनगरमा लगिएको थियो। उनको उपचारकै क्रममा आज निधन भएको हो। ट्रकचालक अर्जुनधारा– ५ का ३८ वर्षीय मातृका दनुवारसहित सवारीसाधन इलाका प्रहरीले नियन्त्रणमा लिएको छ। रासस