१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format o८:३६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एम्बुलेन्समा ९० किलो गाँजा र नगदसहित चालक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:३६:oo

प्रहरीले एम्बुलेन्समा ९० किलो गाँजा र नगदसहित चालकलाई पक्राउ गरेको छ । पूर्व–पश्चिम राजमार्गमा चेकजाँचको क्रममा सोमबार राति प्रहरीको गस्ती टोलीले एम्बुलेन्समा लुकाएर ल्याउँदै गरेको ९० किलो गाँजा र नगदसहित एम्बुलेन्सचालकलाई पक्राउ गरेको हो । 

लहानस्थित ट्राफिक प्रहरी कार्यालयअगाडि इलाका प्रहरी र जिल्ला ट्राफिक प्रहरीको संयुक्त गस्ती टोलीले चेकजाँचको क्रममा राति पौने ९ बजेतिर  पूर्वबाट पश्चिमतिर आउँदै गरेको को.१च ७५७७ नम्बरको एम्बुलेन्समा ९० किलो गाँजा र चालकको साथमा रहेको २८ हजार रुपैयाँ नगद बरामद भएको लहान जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिए ।  

प्रहरी नायव उपरीक्षक मैनालीका अनुसार सवारीसाधन चेकजाँचको क्रममा पूर्वबाट आएको एम्बुलेन्सलाई रोकेर सोधपुछ गर्दा चालकले शंकास्पद कुरा गरेपछि खानतलासी गर्ने क्रममा बिरामी राखिने पछाडिपट्टिको भागमा पाँचवटा प्लाष्टिकको बोरामा प्याक गरिएको गाँजा बरामद भएको हो । 

गाँजा बरामद भएलगत्तै सिराहाको धनगढीमाई नगरपालिका– ९ घर भएका एम्बुलेन्सचालक २९ वर्षीय सरोज लामासहित एम्बुलेन्ससमेत नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । प्रहरीले गाँजासहित नियन्त्रणमा लिइएको एम्बुलेन्स सुनसरीको रहेको जनाएको छ ।