मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण २९ आइतबार २१:३४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्रपतिबाट नागरिकता विधेयक फिर्ता दुर्भाग्यपूर्ण : कांग्रेस

नागरिक भएर पनि अनागरिकसरह पीडा भोगिरहेकाहरूका लागि यो निर्णय असह्य पीडाबराबर छ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण २९ आइतबार २१:३४:००

राष्ट्रपति विद्यादेवी भण्डारीबाट नागरिकता विधेयक फिर्ता भएपछि पक्षविपक्षमा विचारहरू आइरहेका छन् । प्रमुख सत्तारुढ दल कांग्रेसले प्रारम्भिक प्रतिक्रिया दिँदै विधेयक फिर्तालाई दुर्भाग्यपूर्ण भनेको छ ।
कांग्रेस प्रमुख सचेतक चित्रलेखा यादवले नयाँ पत्रिकासँग भनिन्, ‘नागरिक भएर पनि अनागरिकसरह पीडा भोगिरहेकाहरूका लागि राष्ट्रपतिबाट विधेयक फिर्ताको निर्णय असह्य पीडाबराबर छ ।’ 


उनले संसद्ले प्रमाणीकरणका लागि पठाएको विधेयक राष्ट्रपतिबाट फिर्ता हुनु दुर्भाग्यपूर्ण भएको बताइन् । ‘धेरै नेपाली लामो समयदेखि नागरिकताविहीन छन् । नागरिकता नपाएर उच्च शिक्षा लिनेजस्तो मौलिक हकबाट समेत धेरै वञ्चित छन् । उनीहरूका लागि यो निर्णय दुर्भाग्यपूर्ण छ,’ यादवले भनिन् ।