मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
Invalid date format १८:५o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भुइँचालो डाँडामा बन्दै छ ब्रह्माको पूर्णकद मूर्तिसहितको पार्क 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:५o:oo

काभ्रे जिल्लाको बनेपा नगरपालिका- ४ नालास्थित भुइँचालो डाँडामा एक करोड ५ लाखको लागतमा दश अवतारको मूर्तिसहित ब्रह्मा पार्क निर्माण भइरहेको छ। सरकारको लगानीविना जनस्तरबाट संकलन गरी उक्त पार्क निर्माणको थालनी गरिएको हो। 

उक्त पार्क निर्माणका लागि सुरुमा रुद्राज्ञ महायज्ञ गरेर सहयोग संकलन गरिएको महादेवखोला ब्रम्हायणी उत्तरगया विकास समाजका अध्यक्ष पुरुषोत्तम सापकोटाले बताए। ‘सुरुमा हामीले ३५ जनाको महादेवाखोला ब्रम्हायणी उत्तरगया विकास समिति गठन गयौँ। त्यस समितिले सहयोग संकलनार्थ रुद्रय महायज्ञ गर्यौँ। त्यस महायज्ञबाट सहयोग संकलन गरेर ब्रह्मा पार्क निर्माण गरेका हौँ,’ सापकोटाले भने, ‘हामीले नयाँ खालको पार्क निर्माण गरौँ न त भनेर नेपालमा कहीँ पनि नभएको चतुर्भुज ब्रह्माको पूर्णकदको मूर्तिसहित दश अवतारको मूर्ति रहेको पार्कको परिकल्पना गरी बनाउन सुरु गरेका हौँ।’ 

एघार दिन कथावाचनसहित १३ दिन लागेको महायज्ञबाट एक करोड ७२ लाखभन्दा बढी नगद संकलन भएको सापकोटाको भनाइ छ। उक्त महायज्ञमा नगद मात्र हैन जग्गा र भाँडाकुडा पनि संलग्न नभएको उनले बताए। नाला क्षेत्रमै एकजनाले ४ रोपनी ९ आना, एकजनाले १० आना र एकजनाले ७ आना जग्गाा दान गरेको उनले बताए। त्यही सहयोगबाट एक करोड ५ लाखमा ब्रह्माको मूर्ति, सिँढी, सिँढीमा दश अवतारको मूर्ति निर्माणको लागि ठेक्का दिई निर्माण कार्य भइरहेको सापकोटाले जानकारी दिए।