१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १७:५४:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

धर्मपुत्री बनाएर १३ वर्षीया बालिकामाथि यौन शोषण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:५४:oo

१३ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा जुम्लामा एक व्यक्ति पक्राउ परेका छन्। पीडित बालिकाकी आमाले दिएको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय जुम्लाले चन्दननाथ नगरपालिका–७ का प्रेमजंग (प्रेमराजा) महतलाई पक्राउ गरेको हो। प्रहरीले चन्दननाथ–५ जुगाड खोलाबाट शनिबार साँझ निर्माण व्यवसायीसमेत रहेका उनलाई पक्राउ गरेको हो।

पीडित बालिका चन्दननाथ नमुना माध्यमिक विद्यालयमा अध्ययनरत छिन्। सोही विद्यालयकी शिक्षिका बबी केसीका अनुसार बालिका केही समयदेखि टोलाउने भएकी थिइन्। ‘बालिका सुरुमा विद्यालय आउँदा पढाइमा ध्यान दिन्थिन्। केही समयपछि उनी टोलाएर बस्ने गरेको देखेँ,’ उनले भनिन्। आफूले सोधखोज गर्ने क्रममा बालिकामाथि जबर्जस्ती करणी भएको खुलेको शिक्षिका केसीले बताइन्।

धर्मपुत्री बनाएर राखेका थिए आरोपितले
पीडित बालिका र उनकी आमा जाजरकोटको कुशे गाउँपालिकाबाट जुम्ला आएका हुन्। बालिकाकी आमा जुम्ला बजारमा व्यापार गर्दै आएकी छिन्। आमा र सानीमा पर्ने ईश्वरी आरसीसँगको कुराकानीपछि बालिकालाई महतले धर्मपुत्री बनाएर आफूसँगै लगेका थिए। महतले बालिकालाई पढाइदिने र घरायसी काममा सहयोग हुने भनी ०७९ वैशाखमा आफ्नो घर लगेका थिए।

धर्मपुत्री बनाएर लगेका महतले एक महिनासम्म पटक-पटक जबर्जस्ती करणी गर्दै आएकाे पीडित बालिकाले बताएकी छिन्। उनका अनुसार महतले उक्त विषयमा अरूसँग कुरा गरे मारिदिने धम्कीसमेत दिने गरेका थिए।
छोरी बनाएर लगेको व्यक्तिले जबर्जस्ती करणी गर्ने र कोहीसँग भने मार्ने धम्की दिएपछि थप पीडित बनेकी बालिकाले आत्महत्याको प्रयाससमेत गरेको बुझिएको छ। उनले विष सेवन गरेकी थिइन्।

प्रलोभनमा पारेर मिलापत्र गराउने प्रयास
विष सेवन गरेर अस्पताल लगेपछि बालिकाले घटनाका विषयमा आमालाई बताएकी थिइन्। महतले बालिकाकी आमालाई पैसाको प्रलोभनमा पारेर साउन तेस्रो साता घटनाको मिलापत्र गराएको पाइएको छ।

घटनाका आरोपित महतबाट मिलापत्रका लागि सात लाख रकम दिइएको एक कागजमा उल्लेख छ। बालिकाकी आमाले भनिन्, ‘एक लाख उनीहरूले नै बाँडेर लिए। एकजनाले १५ हजार र अरूले कुरा मिलाएको भन्दै १०/१० हजार लिए।’

घटनापछि विद्यालय जाने वातावरण नभएपछि बालिकालाई जाजरकोटस्थित मामाघर पठाइएको छ। घटनाका विषयमा थप कानुनी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ।