१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:o७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

फोहोर व्यवस्थापनमा बालेनलाई योगेशको प्रस्ताव– यो सरकारको हुती छैन, एमालेसँग सहकार्य गर्नुस्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:o७:oo

एमाले सांसद योगेश भट्टराईले काठमाडौंमा ७१ दिनदेखि फोहोर नउठेको भन्दै सरकारको आलोचना गरेका छन्। आइतबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले यो सरकारको कुनै हुती नभएको टिप्पणी गरे।

‘यसअघि काठमाडौंको फोहोर १४ दिनसम्म नउठेको इतिहास छ । आज ७१ दिन भयो प्रधानमन्त्रीले कुनै पहल गर्नुभएको छैन । सम्बन्धित मन्त्रीहरू बेखबर छन् । त्यस्तै झाडापखाला, हैजालगायत काठमाडौंको फोहोरले काठमाडौं डुङ्डुङ्ती गन्हाउने अवस्थामा पुगेको छ । यो सरकारले कुनै पहलकदमी गर्न सक्दैन । यो सरकारको हुती पनि छैन,’ उनले भने।

सांसद भट्टराईले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई फाेहोर उठाउने सन्दर्भमा सरकारको भर नपर्न सुझावसमेत दिएका छन्। यसका लागि सहयोग गर्न एमाले तयार रहेको भन्दै उनले ठोस प्रस्तावसहित संवादमा आउन आग्रह गरे।

‘म काठमाडौंका मेयर बालेन्द्र साहलाई भन्न चाहन्छु, आउनुहोस् ठोस प्रस्तावसहित। नेकपा एमालेसँग त्यो भिजन छ, दृष्टिकोण छ। नेकपा एमाले पूर्ण क्षमताका साथ तपाईंलाई सहयोग गर्न तयार छ। यदि तपाईं सरकारको भर पर्नुभयो भने तपाईं असफल हुने निश्चित छ। काठमाडौंको बर्बादी हुनेछ,’ उनले भने।