मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format २o:३६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

साहित्य र कला क्षेत्रको  विकासमा  सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format २o:३६:oo

प्रधानमन्त्री शेरबहादुर देउवाले साहित्य, कला र संगीत क्षेत्रको विकासमा सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रधानमन्त्री देउवाले साहित्य, कला र संगीत क्षेत्र मुलुकको गहना भएकाले त्यसको विकासका लागि सरकारले विभिन्न प्रतिष्ठानहरूको गठन गरी काम गरिरहेको बताए ।  

प्रतिभा राणाद्वारा लिखित ‘गहिर्‍याई’ र ‘कर्टेन अफ माया’ नामक कवितासंग्रहको शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा विमोचन गर्दै उहाँले पुरुष वर्चश्व रहेको नेपाली साहित्यमा महिला साकित्यकारहरूको उपस्थिति बढ्दै गएकोमा खुसी व्यक्त गर्दै महिला साहित्यकारहरूलाई थप प्रोत्साहन गर्नुपर्ने बताए ।

 ‘साहित्य, कला, संगीत कुनै पनि मुलुकको गहना हो । साहित्य, कला र संगीतविना समाज र देश पूर्ण हुन सक्दैन । त्यसैले सरकारले साहित्य, कला र संगीत क्षेत्रको विकासका लागि विभिन्न प्रतिष्ठानहरू स्थापना गरेर कामहरूलाई अगाडि बढाइरहेको छ,’ उनले भने, ‘पुरुष साहित्यकारहरूको वर्चश्व भएको नेपाली साहित्यमा आजको दिनमा महिला साहित्यकारहरूको पनि उपस्थिति बढ्दै गइरहेको छ । यो खुसीको कुरा हो । आगामी दिनमा महिला साहित्यकारहरूको उपस्थिति बढाउन उनीहरूलाई प्रोत्साहित गर्दै लैजानुपर्दछ ।’

कार्यक्रममा साहित्यकार राणाले आफूले अनुभूति गरेका कामहरूले दुईवटा कवितासंग्रहको जन्म गराएको बताइन् ।