१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
Invalid date format १२:o३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लेक लागेर बेहोस भएका तीनजनाको सशस्त्र प्रहरीद्वारा उद्धार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:o३:oo

गोसाइँकुण्ड तीर्थबाट फर्कने क्रममा लेक लागेर बेहोस भएका तीनजनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ। जनैपूर्णिमाका दिन शुक्रबार गोसाइँकुण्ड गाँउपालिका– ५ स्थित गोसाइँकुण्ड मेला भरेर फर्कने क्रममा लेक लागेर बेहोस भएका तीनजनाको सशस्त्र प्रहरी बल नेपाल नम्बर २० गुल्म रसुवाबाट गएको टोलीले उद्धार गरेको हो।

बेहोस हुनेहरूमा नुवाकोट जिल्ला ककनी गाँउपालिका– ८ का ४५ वर्षीय नारायण भण्डारी र विदुर नगरपालिका– ११ का २० वर्षीय साधना प्याकुरेल तथा धादिङ जिल्ला नीलकण्ठ नगरपालिका– ३ का १० वर्षीय निर्जीव दुवाडी रहेका छन्।

बेहोस भएकाहरूलाई पिठ्यूँमा बोकी धुन्चे अस्पताल ल्याउने क्रममा बाटोमै स्वास्थ्यमा सुधार आएपछि आफन्तको जिम्मा लगाई पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।