१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
गणेश लम्साल विराटनगर
२०७९ श्रावण २८ शनिबार ११:३७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सीमा अपराध नियन्त्रण गर्न प्रदेश १ का तीन जिल्लामा  ‘लङमार्च पेट्रोलिङ’

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७९ श्रावण २८ शनिबार ११:३७:००

भारतीय सीमावर्ती क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न प्रदेश १ प्रहरी कार्यालयले लामो दूरीको सशस्त्र प्रहरी गस्ती (लङमार्च पेट्रोलिङ) परिचालन गर्न थालेको छ । भारतसँग सिमाना जोडिएका झापा, मोरङ र सुनसरी जिल्लाका सीमावर्ती क्षेत्रबाट हुने चोरी–तस्करी र अपराधजन्य गतिविधिको रोकथाम तथा नियन्त्रणका लागि १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले २० साउनदेखि हातहतियारसहितको लङमार्च पेट्रोलिङ परिचालन गर्न थालेको हो । 

प्रथम चरणमा मोरङमा र सुनसरीमा वरिष्ठ प्रहरी नायब निरीक्षक (सइ)को नेतृत्वमा २० देखि २५ साउनसम्म दसजनाको सशस्त्र प्रहरी टोलीले लङमार्च गस्ती गरेको थियो । कोसी कटान समस्याले गर्दा झापामा भने टोली भर्खरै परिचालन हुने तयारीमा रहेको प्रदेश १ प्रहरी प्रमुख डिआइजी सुदीप गिरीले बताए । उनका अनुसार लङमार्च गस्तीमा खटिएका टोलीले सीमाक्षेत्रमा रहेका सम्बन्धित युनिटले खाना र वासको व्यवस्था मिलाउनुपर्नेछ । 

प्रदेश १ को तराईमा रहेका जिल्लाको सीमावर्ती क्षेत्रमा नाकामा स्थापना भएका नेपाल प्रहरी र सशस्त्र प्रहरीले गस्ती गर्दै आएका छन् । सीमाक्षेत्रमा रहेका नेपाल प्रहरीका इलाका र चौकीहरूमार्फत आपराधिक कार्य पूर्ण रूपमा नियन्त्रण हुन नसकेपछि थप मदतसमेत हुने गरी लामो दूरीको गस्ती सुरु गरेको  डिआइजी  गिरी बताउँछन् । उनका अनुसार  लामो दूरीको गस्ती गरेर फिर्ता आएको टोलीको प्रतिवेदनका आधारमा थप कार्ययोजना बनाएर निरन्तर सीमाक्षेत्रमा लङमार्च पेट्रोलिङ निरन्तर  परिचालन भइरहनेछ ।’ 

प्रदेश १ को झापा, मोरङ र सुनसरीमा भारततर्फ जम्मा दुई सय ७० किमि खुला सिमाना छ । जसको फाइदा उठाउँदै लागुऔषध र  साना हतियार ओसार–पसार  मानव बेचबिखन र चोरी तस्करीजस्ता जघन्य अपराधहरु हुँदै आएका छन ।