मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
न्युयोर्क
Invalid date format o९:३८:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

सन्न्यासको  तयारीमा सेरेना

Read Time : > 1 मिनेट
न्युयोर्क
नयाँ पत्रिका
Invalid date format o९:३८:oo

महिला टेनिसकै सर्वाधिक सफल खेलाडी सेरेना विलियम्सले युएस ओपनपछि सन्न्यास लिने 

अमेरिकी टेनिस स्टार सेरेना विलियम्सले टेनिस प्रतियोगितापछि सन्न्यास लिने तयारी गरेकी छिन् । सेरेनाले कहिले टेनिस ¥याकेट बिसाउनेको दिन घोषणा गरेकी छैनन् । उनका श्रीमान्ले वर्षको अन्तिम ग्रान्डस्लाम युएस ओपन नै सेरेनाको करिअरकै अन्तिम टेनिस प्रतियोगिता हुने बताए । ‘सम्भवतः अब सेरेनाले टेनिस खेल्नेछैनन्,’ श्रीमान् एलेक्सिस ओहानियाले भने । दोस्रो सन्तान जन्माउने तयारीमा समेत रहेकी सेरेनाले दुवै सन्तानलाई पर्याप्त समय दिनुपर्ने कारण नै सन्न्यास लिनुपरेको जनाएकी छिन् । 

‘यो निर्णय लिन सहज छैन, खेलाडीले करिअरको कठिन निर्णयका रूपमा सन्न्यासको घोषणा लिन्छन,’ निराश हुँदै सेरेनाले भनिन्, ‘अहिले हामी दोस्रो सन्तानको मातापिता बन्ने तयारीमा छौँ, त्यसपछि दुई सन्तानको हेरचाह गर्नुपर्छ, धेरै समय दिनुपर्ने भएकाले सन्न्यास लिने सोच बनाएकी हुँ ।’ 

४० वर्षीया सेरेना महिला टेनिस इतिहासकै सफल खेलाडीमा पर्छिन् । सेरेनाले करिअरमा २२ ग्रान्डस्लाम जितेकी छिन् । उनले विम्बल्डन र अस्ट्रेलियन ओपनसमान सातपटक जितेकी छिन् । सेरेनाले अमेरिकालाई लन्डन ओलम्पिकमा स्वर्ण पदक दिलाएकी थिइन् । 

टेनिस महासंघले जारी गर्ने विश्व वरीयतामा उनी लगातार तीन सय १९ सातासम्म एक स्थानमा रहेकी छिन् । महिला टेनिस खेलाडीमा सर्वाधिक कमाइ गर्ने खेलाडीमा उनी अहिलेसम्म नै अगाडि छिन् । उनले नौ करोड ४५ लाख २४ हजार चार सय तीन डलर प्रतियोगिता खेलेरै कमाएकी छिन् । यस सिजनमा उनले नेसनल बैंक ओपन टेनिस प्रतियोगिता जितेकी छिन् । सिजनको पहिलो उपाधि नै उनको यही हो । 

सेरेनाले परम्परागत सोचविपरीत आफू टेनिसमा सक्रिय भइरहेको बताएकी छिन् । ‘परम्परागत सोचअनुसार राम्रो वा उमेर गएपछि सन्न्यास लिनुपर्छ, तर मैले यो सोचलाई परिवर्तन गरेकी छु,’ आफूलाई आधुनिक सोचकी खेलाडी बताउँदै उनले भनिन्, ‘जबसम्म समर्थकले माया गर्छन्, त्यसवेलासम्म टेनिस खेल्नुपर्छ ।’

सेरेनाले आफ्नो करिअरमा वर्षमा आयोजना हुने चारवटा ग्रान्डस्लाममध्ये फ्रेन्च ओपन केवल तीनपटक मात्र हात पारेकी थिइन् । सन् २००२ मा पहिलोपटक फ्रेन्च ओपन जितेकी सेरेनाले दोसोपटक उपाधि उचाल्न ११ वर्ष प्रतीक्षा गरिन् । सन् २००२ देखि २०१० सम्मको सिजनमा सेरेनाले महिला टेनिसमा एकछत्र राज गरेकी थिइन् । यस समयमा युएस, विम्बल्डन तथा अस्ट्रेलियन ओपनमा उनको दबदबा थियो । 

उपलब्धि 

  • युएस ओपन : ६ पटक विजेता (१९९९, २००२, २०१२, २०१३, २०१४)
  • विम्बल्डन : ७ पटक विजेता (२००२, २००३, २००९, २०१०, २०१२, २०१५, २०१६)
  • अस्ट्रेलियन ओपन : ७ पटक (२००३, २००५, २००७, २०१०, २०१५, २०१७)
  • फ्रेन्च ओपन : ३ पटक (२००२, २०१३, २०१५)
  • ओलम्पिक खेल : २०१२ को लन्डन ओलम्पिक स्वर्ण
  • एटिपीमा एक नम्बर : ३१९ साता 
  • विजेता धनराशि : ९४, ५२४, ४०३ डलर