१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
नयाँ पत्रिका जनकपुरधाम
Invalid date format १७:oo:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

मधेस प्रदेश सभाको नवौँ अधिवेशन अन्त्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, जनकपुरधाम
नयाँ पत्रिका
Invalid date format १७:oo:oo

मधेस प्रदेश सभाको चालू नवौँ अधिवेशन गए रातिदेखि अन्त्य भएको छ। मधेस प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेश सभाको नवौँ अधिवेशन अन्त्य गरेका हुन्।

नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख मिश्रले गए राति १२ बजेदेखि प्रदेश सभाको अधिवेशन अन्त्य गरेकाे प्रदेश सभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए। यही २०७९ जेठ १९ गतेदेखि सुरु भएको प्रदेश सभाको नवौँ अधिवेशनले आर्थिक विनियोजन विधेयकसहित महत्वपूर्ण आठ विधेयक पारित गरेको सचिव यादवले बताए।