१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका सोमालिया
Invalid date format १९:३४:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

सोमालियामा अनिकाल, १० लाख मानिस विस्थापित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, सोमालिया
नयाँ पत्रिका
Invalid date format १९:३४:oo

सोमालियामा ऐतिहासिक खडेरीका कारण १० लाख मानिस विस्थापित हुनुका साथै अनिकालको छायाँमा परेको संयुक्त राष्ट्रसंघले बिहीबार जनाएको छ। संयुक्त राष्ट्रसंघीय शरणार्थी निकाय युएनएचसिआर र नर्वेजियाली शरणार्थी परिषद् (एनआरसी) का अनुसार सात लाख ५५ हजारभन्दा बढी मानिस आफ्नो घरबाट विस्थापित बनेका तर उनीहरू देशको सीमाभित्र रहेका छन्।

सोमालिया, इथियोपिया र केन्यालगायत अफ्रिकामा रहेका उसका छिमेकीहरू ४० वर्षयताकै सबैभन्दा खराब खडेरीको चपेटामा परेका छन्। अपेक्षित पाँचौँ असफल वर्षायामले अझै धेरै परिवारहरू विस्थापित हुने निश्चित छ। सोमालियामा एनआरसीका कन्ट्री डाइरेक्टर मोहम्मद अब्दीले भने, '१० लाख जनसंख्या विस्थापित हुनु सोमालियाका लागि ठूलो खतराको घण्टी हो ।'

उनी थप्छन्, 'भोकमरीले अहिले सिंगो देशलाई पिरोलेको छ। हामीले धेरैभन्दा धेरै परिवारहरूले घरसहित सबै कुरा छोडेर जान बाध्य भएको देखिरहेका छौँ किनभने उनीहरूको गाउँमा पानी वा खानेकुरा बाँकी छैन। धेरै ढिला हुनुभन्दा पहिले नै तत्काल सहायता कोष बढाउन आवश्यक छ।'

जलवायु परिवर्तन र युक्रेन युद्ध र खाद्य पदार्थको बढ्दो मूल्यका कारण सोमालियामा भोकमरीको समस्या झेलिरहेका मानिसको संख्या आगामी महिनाहरूमा करिब ५० लाखबाट बढेर ७० लाखभन्दा बढी पुग्ने युएनएचसीआरले जनाएको छ।