१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
Invalid date format १८:२७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

श्रीमती जलाउने आरोपित प्रहरीको फन्दामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:२७:oo

आफ्नै श्रीमती र सासुलाई जलाउने शंकर सदाले कुनै पछुतो नभएको बयान प्रहरी समक्ष दिएका छन्। जिल्ला प्रहरी कार्यालय महोत्तरीले आयोजना गरेको पत्रकार सम्मेलनमा उपस्थित भएका सदाले आफुले श्रीमती जलाएर कुनै गल्ती नगरेको बताएका हुन्। 

श्रीमतीको विभिन्न व्यक्तिहरुसँग अनैतिक सम्बन्ध रहेकोमा केही सीप नलागेर जलाएको सदाले दाबी गरेका छन्। काठमाडौंस्थित कीर्तिपुर अस्पतालको बर्न वार्डको बेड नं. ४०९ मा जीवन मृत्युको दोसाधमा रहेकी ३५ वर्षिया प्रमिलाको जीवन रक्षाका निम्ति जो कोहीले प्रार्थना गरिरहेका छन् तर श्रीमानको अमानवीय जवाफले सवैलाई चकित पारेको छ।

गत श्रावण २१ गते मध्यराती माइतिघर भंगहा नगरपालिका ९ कंचनवनमा आमासँगै सुतेकी प्रमिलालाई श्रीमान् शंकर सदाले मट्टितेल खन्याएर आगो लगाएका थिए। धनुषाको महेन्द्र नगरस्थित एक पसलबाट ४० रुपैयाँमा किनिएको मट्टितेले प्रमिला ७० प्रतिशत जलेकी छन्। खाटमा सुतेकी प्रमिलाको जिउमा आगो लागेपछि सोहि आगोको लप्काले खाटमुनि सुतेकी आमा रेशमा देवी पनि जल्न पुगेकी छन्। ६५ वर्षिया रेशमाको शरीर १० प्रतिशत जलेको चिकित्सकले बताएका छन्।