१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
तस्बिर : सियासत डेली
२o८१ बैशाख २४ सोमबार १७:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

अफगानिस्तानका चार सय निजी विद्यालय बन्द भएको दाबी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १७:४६:oo

अफगानिस्तानका चार सयभन्दा बढी निजी विद्यालय बन्द भएको दाबी गरिएको छ । स्थानीय सञ्चारमाध्यमले सम्प्रेषण गरेको समाचारअनुसार आर्थिक, राजनीतिकलगायतका विविध कारणले ती विद्यालय बन्द भएका हुन् । 

निजी विद्यालयको संगठनका नेता जाबिहुल्लाह फुक्वानीले गरिबीका कारण अभिभावकले आफ्ना बालबालिकालाई निजी विद्यालयमा भर्ना गर्न छाडेको बताए । त्यसैगरी, सरकारको निर्णयअनुसार कक्षा छदेखि १२ सम्म बालिकालाई विद्यालय जान निषेध गरिएकाले पनि विद्यार्थीहरूको संख्या घटेको उनको भनाइ छ । 

तालिबान सरकारका प्रमुख प्रवक्ता जाबिहुल्लाह मुजाहिदले धार्मिक कारणले छात्रालाई विद्यालय पढाउन नसकिएको बताए । बालिकाहरूलाई विद्यालय जान दिनुपर्ने दबाब अधिकारवादी, लोकतन्त्रवादी र विभिन्न अन्तर्राष्ट्रिय निकायबाट आइरहे पनि तालिबान सरकारले अहिलेसम्म बेवास्ता गरिरहेको छ ।  मुस्लिम कानुन र सरियाका कारणले बालिकाहरूलाई विद्यालय जान निषेध गरिएको निर्णय फिर्ता लिन नसकिएको उनको भनाइ छ । 

अफगानिस्तानमा तालिबान सरकार गठन भएपछि बालिकाहरूलाई विद्यालय जान निषेध गरिएको छ भने महिलालाई रोजगारी गर्न तथा घरबाहिर एक्लै हिँड्न नपाइने व्यवस्था गरिएको छ । यस व्यवस्थाका विरुद्धमा सर्वत्र आवाज उठे पनि तालिबान प्रशासनले भने अस्वीकार गर्दै आएको छ । रासस

ad
ad