१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १७:o५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सिट बाँडफाँडबारे सैद्धान्तिक सहमतिनजिक पुगेका छौँ : देव गुरुङ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १७:o५:oo

नेकपा (माओवादी केन्द्र) का नेता देव गुरुङले पाँचदलीय गठबन्धनभित्र आगामी निर्वाचनमा सिट बाँडफाँडबारे दलहरू सैद्धान्तिक सहमतिनजिक पुगेको बताएका छन् । बिहीबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको सिट बाँडफाँड कार्यदलको बैठकपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै गठबन्धनका दलहरूको संसदमा उपस्थिति र स्थानीय तह निर्वाचनको नतिजाका आधारमा सिट बाँडफाँड गरिने सैद्धान्तिक सहमति भएको उनले बताए ।   

‘सहमतिको मोडालिटीबारे छलफल भयो । छलफल सकारात्मक रूपमा अगाडि बढेको छ। आफ्ना आफ्ना दलहरूबीच छलफल गरेर वर्कआउट गर्ने भन्ने छ ।  शीर्ष नेताहरूसँग छलफल गरेर आउँदो बैठक ३०(साउन) गते बस्छ,’ नेता गुरुङले भने, ‘हाम्रा आधारहरू विगतको निर्वाचन र अहिले संसदमा उपस्थिति नै हो । तर, यसले सबै दललाई कभर गर्दैन । मोटामोटी यसै सेरोफेरोमा रहेर सहमतिको प्रयास हुनेछ। प्रत्यक्ष र समानुपातिकमा रहेको मत र स्थानीय तह निर्वाचनमा दलहरूको नतिजाको आधारमा सैद्धान्तिक सहमति बनाइनेछ।’