मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
फाइल फाेटाे
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:३३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रधानन्यायाधीशविरुद्धको महाभियोग यही संसदबाट टुंगो लाग्छ : सांसद पुन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:३३:oo

नेकपा (माओवादी केन्द्र)का सांसद वर्षमान पुनले प्रधानन्यायाधीश चोेलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग यही संसदबाट टुंगो लाग्ने दाबी गरेका छन्। मंगलबार संसदबाहिर सञ्चारकर्मीहरूसँगको संक्षिप्त कुराकानीमा उनले यही संसदबाट टुंगो लगाउने गरी नै महाभियोग अघि बढाइएको बताए।

समितिले छिट्टै अध्ययन र अनुसन्धानका कामहरू गरेर आफ्नो जिम्मेवारी पूरा गर्नेमा माओवादी केन्द्र आशावादी रहेको उनको भनाइ छ। तीन महिना अधिकतम समय भएको भन्दै उनले टुंगोमा पुर्याउने गरेरै महाभियोग अघि बढाइएको स्पष्ट पारे।

‘प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रक्रियामा गइसकेको छ। समिति पनि पहिले नै गठन भइसकेको छ। समितिमा छलफल गरेर समितिले छिट्टै अध्ययन र अनुसन्धानका कामहरू जुन उसको जिम्मेवारी छ, त्यो छिट्टै पूरा गरेर सिफारिस गर्छ भन्ने हाम्रो अपेक्षा छ। यो कुरा अहिलेकै संसद्ले टुंगो गर्नुपर्छ। जुन निर्णयमा पुगे पनि अहिलेको संसदमै पुग्नुपर्छ। तीन महिना भनेको अधिकतम समय हो। यसलाई टुंगोमा पुर्याउने गरेरै ल्याएको हो,’ उनले भने।