मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १८ सोमबार
  • Monday, 04 December, 2023
२०७९ श्रावण २४ मंगलबार ११:४३:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

पाथीभरा मन्दिरमा पानी पुर्‍याउन बिजुली बाधक

Read Time : > 1 मिनेट
२०७९ श्रावण २४ मंगलबार ११:४३:००

ताप्लेजुङको पवित्र तीर्थस्थल पाथीभरा मन्दिरमा पानी पुर्‍याइने भएको छ । पाथीभरा मन्दिरमा पानी पुर्‍याउन बिजुली बाधक भएको छ । पाथीभरा मन्दिरमा ‘लिफ्टिङ’ प्रविधिबाट पानी पुर्‍याउन अब सबै काम सकिएको छ । 

काफ्लेपाटी अर्थात् पानीको मुहानमा पम्प जडान भएको छ । उता, बलुडाँडामा पनि काम सकिएको छ । ‘लिफ्टिङ’ प्रविधिको कार्य पूर्ण भएको हो । तर, केन्द्रीय विद्युत् प्रसारण लाइन जडानको काम भइरहेकाले विद्युत् जडान भइनसकी लिफ्टिङ नचल्ने भएकाले पानी पुर्‍याउन नसकिएकोे ठेकेदार कम्पनी प्रेरा विष्णु जेभीका स्थानीय प्रतिनिधि खड्गबहादुर थापाले बताए। 

थापाले विद्युत् आपूर्ति हुने हो भने लिफ्टिङ प्रविधिबाट पानी मन्दिरसम्म पुर्‍याउन सकिनेसमेत जानकारी दिए । थापाले पूर्वाधारका अरू काम सकेर माेटरपम्प जोडिसकेको बताए। 

थापाले काफ्ले पाटीमा प्रमुख (इन्टेक) ट्यांकी निर्माण भएकोले दुईवटा लिफ्टिङ पम्प जडान गरेको बताए । साथै बलुडाँडा, माथिल्लो फेदी,  दोबाटो,  नयाँ पाटीमा पम्प जडानको कार्य भइसकेकोसमेत बताए । पाथीभरा मन्दिरसम्म पुग्न ६ वटा ट्याङ्की निर्माण भएकोसमेत थापाले जानकारी दिए । 

थापाले लिफ्टिङ प्रविधिले प्रतिघन्टा ३० हजार लिटर पानी मन्दिरमा झार्ने आकलन गरेको बताए ।  पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले माेटरपम्प जडानसहितका सबै कार्य पूरा भएको र विद्युत् उपलब्ध नभएकाले मन्दिरमा पानी लान अहिले नसकेको बताए । लिफ्टिङ प्रविधिमार्फत पाथीभरा मन्दिरमा पानी लैजाने कार्यको परीक्षण गर्नसमेत विद्युत् बाधक भएको जानकारी दिए ।  

आयोजना कुल आठ करोड २२ लाख १६ हजार तीन सय ६० रुपैयाँ लागतमा सुरु भएको थापाले बताए । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक काफ्लेका अनुसार नेपाल सरकारअन्तर्गत संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना इलामको ७० प्रतिशत तथा पाथीभरा क्षेत्र विकास समितिमार्फत ३० प्रतिशत लागत साझेदारीमा पाथीभरा ताप्लेजुङ खानेपानी तथा सरसफाइ योजना निर्माण भएकोे बताए ।  

नेपाल सरकारको पाँच करोड ७५ लाख ८१ हजार चार सय ५२ रुपैयाँ र पाथीभरा क्षेत्र विकास समितिको दुई करोड ४६ लाख ३४ हजार नाै सय आठ रुपैयाँ लगानीमा आयोजना सम्पन्न भएको छ । आयोजना ०७७ असोज १८ गते निर्माण कम्पनी प्रेरा विष्णु जेभीसँग सम्झौता भई काम सुरु भएको थियो।