मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
Invalid date format १७:१७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रहरी हिरासतबाट भागेका अभियुक्त पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:१७:oo

इलाका प्रहरी कार्यालय मोतीपुरको हिरासतबाट फरार अभियुक्त १४ दिनपछि पक्राउ परेका छन्। जबर्जस्ती करणी मुद्दामा अनुसन्धानको क्रममा पक्राउ परेका बाँके खजुरा गाउँपालिका–८ का २६ वर्षीय अब्दुल खान पक्राउ परेका हुन्।

बर्दिया बाँसगढी नगरपालिकाकी १५ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा हिरासतमा राखिएका खान गत साउन ९ गते खाना खाने समयमा सेन्ट्री बसेका प्रहरीलाई झुक्याएर भागेका थिए। फरार भएका उनलाई प्रहरी निरीक्षक हृदेशकुमार सापकोटाको नेतृत्वमा खटिएको टोलीले सोमबार बढैयाताल गाउँपालिका–२ स्थित नेपाल–भारत सीमा क्षेत्रनजिकैबाट पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले पक्राउ परेका खानलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान अगाडि बढाएको जानकारी दिए।