मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण २३ सोमबार १५:५६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

९३४ संक्रमित थपिए, एकको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण २३ सोमबार १५:५६:००

पछिल्लो २४ घन्टामा नेपालमा थप नाै सय ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरबाट दुई हजार आठ सय ६२ पिसिआर तथा दुई हजार चार सय ८९ एन्टिजेन परीक्षणको क्रममा थप संक्रमित भेटिएका हुन् । 

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घन्टामा एकजनाले ज्यान गुमाएका छन् । यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार नाै सय ७२ पुगेको छ । मन्त्रालयले आज चार सय ७० जना कोरोना संक्रमणमुक्त भएको जनाएको छ । हाल देशभर पाँच हजार ६ सय ८६ कोरोनाका सक्रिय संक्रमित छन् ।