पार्टी निर्णय कार्यान्वयनको माग राख्दै सानेपामा नेविसंघको प्रदर्शन

सोमबार, २३ साउन, २०७९
डिजिटल संस्करण

भ्रातृ संस्थाहरूलाई पूर्णता दिन माग गर्दै नेपाल विद्यार्थी संघले कांग्रेस केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन गरेकाे छ। रिक्त रहेका भ्रातृ संस्था साउन मसान्तभित्र गठन गर्ने र पूर्णता दिन बाँकी रहेका भ्रातृ संस्थाहरूलाई पूर्णता दिने पार्टीको निर्णय तत्काल कार्यान्वयन गर्न माग गर्दै संस्थापनइतर पक्षका विद्यार्थी नेताहरूले प्रदर्शन गरेका हुन्।

पार्टी केन्द्रीय समितिको निर्णय नै कार्यान्वयन नहुने आशंका उब्जिएको भन्दै दबाबस्वरूप प्रदर्शनमा उत्रिएको विद्यार्थी नेता भुवन भट्टले जानकारी दिए। तत्काल इतर पक्षसँग छलफल गरी न्यायपूर्ण प्रतिनिधित्व हुने गरी भ्रातृ संगठन गठन र पूर्णता दिन उनीहरूले माग गरेका छन्।

प्रदर्शनमा विद्यार्थी नेताहरूले  पार्टीको निर्णय कार्यान्वयन गर, नेविसंघको तत्काल विधानसम्मत पूर्णता गर भन्दै नाराबाजी गरेका थिए।

See More On

सुझावित समाचार