१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
मुख्य समाचार डिजिटल संस्करण

जबराविरुद्धको महाभियोग प्रस्तावमा छलफल जारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:५८:oo

प्रतिनिधिसभामा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध लगाइएको महाभियोग प्रस्तावमाथि छलफल सुरु भएको छ। प्रतिनिधिसभाको आइतबारको बैठकमा जबराविरुद्ध गत फागुन २९ गते सांसद देवप्रसाद गुरुङले प्रस्तुत गरेका महाभियोग प्रस्तावमाथि छलफल सुरु भएको हो।

मन्त्रिपरिषदमा भागबन्डा खोजेकोलगायतका विभिन्न कारणले विवादित बनेका जबराविरुद्ध गत फागुन १ गते महाभियोग प्रस्ताव दर्ता भएको थियो। माओवादी केन्द्रका गुरुङ, कांग्रेसकी पुष्पा भुसाल र एकीकृत समाजवादीका जीवनराम श्रेष्ठले प्रस्ताव गरेको महाभियोगकाे समर्थनमा ९८ सांसदले हस्ताक्षर गरेका थिए।