१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format २o:१o:oo
Read Time : > 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

चलचित्र क्षेत्रको समस्या बुझेको छु, उत्कृष्ट काम गरेर देखाउँछु : भुवन केसी      

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:१o:oo

चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीले चलचित्र क्षेत्रको सुधारका लागि आफूले काम गर्ने बताएका छन् । क्याराभान नेपाल प्रालिले पोखरामा आयोजना गरेको ‘आफ्नो कथा आफ्नो सिनेमा’ कार्यक्रममा बोल्दै केसीले सिनेमा क्षेत्रमा आफूले ४० वर्ष बिताएकाले यस क्षेत्रमा रहेका समस्याका बारेमा आफू जानकार रहेको बताए । 
चलचित्र क्षेत्रको ४० वर्षको अवधिमा चलचित्र निर्देशक, निर्माता, लेखक, कलाकार, प्राविधिकका समस्यालाई आफूले नजिकबाट नियालेको भन्दै उनीहरूको समस्यालाई केन्द्रमा राखेर समग्र चलचित्र क्षेत्रको संरक्षणका लागि काम गर्ने प्रतिबद्धता जनाए । 

चलचित्र क्षेत्रको समस्याका बारेमा हिजो प्रश्न गर्ने ठाउँमा र आज उत्तर दिने ठाउँमा आफू रहेको भन्दै केसीले सबैलाई समेटेर यस क्षेत्रको सुधारमा लाग्ने बताए । सीमित समयका लागि बोर्डको अध्यक्षका रूपमा आएकाले पदमा रहुन्जेलसम्म उत्कृष्ट काम गरेर देखाउने उनको भनाइ थियो । नेपाली सिनेमालाई विश्व बजारमा बजारीकरण गर्न प्राविधिक पक्षलाई बलियो बनाउन आवश्यक रहेकाे बताउँदै बोर्डले यसबारे काम गर्ने पनि उनले बताए । 

कार्यक्रममा बोल्दै क्याराभान नेपाल प्रालिका निर्देशक विमल पौडेलले आफ्नो कथालाई चलचित्रमा प्रस्तुत गर्न नसक्दा नेपाली चलचित्र र दर्शकबीचको दुरी बढ्दै गएको धारणा व्यक्त गरे । ‘आफ्नो कथा आफ्नो सिनेमा’ का परिकल्पनाकारसमेत रहेका उनले यसैका लागि आफूले अभियान सुरु गरेको बताए । अभियानका माध्यमबाट हरेक स्थानीय तहसँग समन्वय गरी समाजका कथालाई बुझ्ने र चलचित्रमार्फत प्रस्तुत गर्ने उनको भनाइ थियो । चलचित्र निर्माता तथा निर्देशक शिवजी लामिछानेले सेन्सरमा मात्रै सीमित नरही कथाको खोजी र नेपाली चलचित्रको संरक्षणका लागि काम गर्न बोर्ड र अध्यक्ष केसीलाई आग्रह गरे । कलाकार प्रकाश घिमिरेले सिनेमा बुझेको निर्माता चलचित्र क्षेत्रमा आउनुपर्नेमा जोड दिँदै नेपाली कथावस्तुअनुसार कलाकारले अभिनय गर्ने हुँदा मौलिकतामा विशेष ध्यान दिनुपर्ने धारणा राखे । 

कार्यक्रममा चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष अरुण गिरी, गुरुङ फिल्म एसोसिएसन (जिफान) का अध्यक्ष गुञ्जबहादुर गुरुङ, जिफानका निवर्तमान अध्यक्ष भोजबहादुर गुरुङ, मगर चलचित्र संघ कास्कीका अध्यक्ष राहुल थापालगायतले चलचित्रको कथावस्तु तयार गर्दा समाजमा नै गएर बुझ्नुपर्ने, पूर्वदेखि पश्चिमका कथालाई खोज्नुपर्ने, भाषागत चलचित्रलाई सेन्सरमा समस्या भएकोले यस समस्याको समाधान गर्नुपर्ने, चलचित्रको व्यवस्थापन र संरक्षणमा सरकारी निकायले साथ दिनुपर्ने धारणा राखेका थिए ।