१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १९:४८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रवि लामिछानेलाई इंगित गर्दै ओलीले भने – देश बिगार्ने भँडुवाहरूबाट सतर्क हुनुपर्छ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १९:४८:oo

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वतन्त्रको नाममा राजनीति गर्नेहरूलाई ‘देश बिगार्ने भँडुवा’ को संज्ञा दिएका छन् । पार्टीको प्रदेश कमिटी १ ले शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले विश्वका सबै मुलुकमा पार्टी चाहिने तर नेपालमा चाहिँदैन भनेर स्वतन्त्र भनिएकाहरूले देश बिगार्न लागेको जिकिर गरे। उनले पार्टीविना नीति, नेतृत्व, राष्ट्रिय विचार र विकास नहुने भन्दै स्वतन्त्रहरूले देश चलाउन नसक्ने तर्कसमेत गरे । 

‘बेलायतमा पार्टी चाहिन्छ । फ्रान्समा चाहिन्छ, चीनमा चाहिन्छ । जापानमा चाहिन्छ, भारतमा चाहिन्छ । पाकिस्तानमा पार्टी चाहिन्छ । जहाँ पनि पार्टी चाहिन्छ देश चलाउनका लागि । यहाँ चाहिँ फेद न टुप्पोले स्वतन्त्र भनेर हुइयाँ चलाएका छन । एकाध रूपमा अपवादको रूपमा आउनु एउटा कुरा होला । स्वतन्त्रले मेचीको जनताको भावना, महाकालीका जनताको भावना र आवश्यकता, राष्ट्रिय विचार, राष्ट्रिय भाव, राष्ट्रको विकासको अभियान चलाउन सक्छ ?’ ओलीले पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक रवि लामिछानेलाई इंगित गर्दै भने, ‘अब एउटा पत्रकार नचाहिने नचाहिने काम गर्यो अनि एउटा जमातले साथ दियो भनेर पत्रकार नेता भएर कुँदेको छ । अनि लोकतन्त्र ल्याउनका लागि लडेका नेताहरूलाई अपमान गरेको छ । सरम लाग्नुपर्ने हो । यो देश बिगार्ने तरिका हो, देश बिगार्ने भँडुवाहरूको तरिका हो । यसबाट सतर्क हुनुपर्छ ।’