१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:४९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मुलुकलाई राजनीतिक दुर्घटनाबाट जोगाउन गठबन्धन : नेता सिंह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:४९:oo

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मुलुकलाई ठूलो राजनीतिक दुर्घटनाबाट जोगाउन गठबन्धन बनाउनुपरेको बताएका छन्। शनिबार काठमाडौंको क्षेत्र नम्बर १ मा गुह्येश्वरी माविको नवनिर्मित भवनको उद्घाटन गर्दै उनले पटकपटक अवसर पाउँदा पनि जनमतको अपमान गर्नेहरुबाट देशलाई जोगाउन गठबन्धन बनाउनुपरेकाे जिकिर गरे ।

मंसिर ४ गतेलाई निर्वाचन तय भइसकेको उल्लेख गर्दै नेता सिंहले आश्वासनको भन्दा पनि वास्तविकता बुझेर अघि बढ्न सबैलाई आग्रह गरे। अन्य दलले गरेको गलत कामको मारसमेत कांग्रेसले खेपिरहेको भन्दै उनले कांग्रेसले गरेको योगदानको ख्याल गर्नुपर्ने बताए। मुलुकलाई संकट पर्दा सधैं कांग्रेसले पार लगाएको दाबी गर्दै उनले आगामी दिनमा सम्पन्नताको अभियानको कार्ययोजना कांग्रेसले बोकेको उल्लेख गरे।

कार्यक्रममा नेता सिंहले सार्वजनिक शिक्षाको गुणस्तर सुधारका लागि आफूले प्रयास गरिरहेको भन्दै आफ्नो क्षेत्रमा भएका सबै सामुदायिक विद्यालयको पूर्वाधार विकासमा आफूले विशेष ध्यान दिएको दाबी गरे ।