१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ श्रावण २० शुक्रबार २१:५५:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

चीनद्वारा अमेरिकासँगको जलवायु तथा सैन्य सम्बन्ध निलम्बन 

Read Time : < 1 मिनेट
२०७९ श्रावण २० शुक्रबार २१:५५:००

अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणलाई देखाउँदै जलवायु परिवर्तन, सैन्य सम्बन्ध र लागुऔषधविरुद्धको प्रयासमा गरिँदै आइएको साझेदारीलगायत  विभिन्न विषयमा संयुक्तराज्य अमेरिकासँगको वार्तालाई तत्कालका लागि निलम्बन गरेको चीनले  बताएको छ ।

बेइजिङ र वासिंटनबीचको सम्बन्धमा तनाब आइरहेकाे समयमा चीनले शुक्रबार यस्तो घोषणा गरेको हो । चीनले सभामुख पेलोसीलाई ताइवानलाई महत्व दिएर ‘एक चीन नीतिविरूद्ध’ भ्रमण नगर्न दिएको सुझाबलाई उल्लंघन गरेमा यसको सशक्त प्रतिकार गर्ने बताएअनुसार अमेरिकासँग उल्लेखित विषयमा गरिरहेको सहकार्यलाई निलम्बन गर्ने बताएको हो । 

चीनले ताइवानको तट नजिकैको छ क्षेत्रमा बिहीबार चेतावनीस्वरूप सैन्य अभ्यास सुरु गरेको थियो जुन आइतबारसम्म चल्ने बताइएको छ । ताइवानी प्रतिरक्षा अधिकारीहरूले भने चीनले ताइवानमाथि क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् । चीनले विदेशी सरकारहरूलाई चीनको अनुमतिबिना स्वतन्त्र रूपमा ताइवानसँको सम्बन्ध अगाडि नबढाउन आग्रह गर्दै आएको छ । 

चीनको परराष्ट्र मन्त्रालयले सैन्य सामुद्रिक सुरक्षाका विषयमा वार्तासँगै अमेरिका र चिनियाँ क्षेत्रीय कमान्डर र रक्षा विभागप्रमुखबीचको वार्ता रद्ध गरिने बताएको छ । अवैध आप्रवासीलाई फिर्ता गर्ने, आपराधिक अनुसन्धान, राष्ट्रिय अपराध, अवैध लागुऔषध र जलवायु परिवर्तन सम्बन्धमा सहकार्य गर्ने सहमति निलम्बन गरेको चीनको विदेश मन्त्रालयले जनाएको छ । 

पेलोसीले ‘चीनको बलियो विरोध र गम्भीर प्रतिनिधित्वको उपेक्षामा’ ताइवान भ्रमण गरेकोले यस्तो निर्णय गरिएको  मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

चीनले अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले चीनको सार्वभौमिकतामाथि आक्रमण गरेको बताएको छ ।