आर्थिक वर्ष ०७८/७९ मा गुल्मीमा संघ र प्रदेशको ८० करोडभन्दा बढी बजेट फ्रिज भएको छ । कोष तथा लेखा नियन्त्रकको कार्यालय गुल्मीका अनुसार संघीय बजेटअन्तर्गत चालूतर्फ १२ करोड २९ लाख १३ हजार सात सय पाँच र पुँजीगततर्फ १३ करोड ३३ लाख ५९ हजार सात सय ५७ रुपैयाँ फ्रिज भएको हो ।
संघीय बजेट चालूतर्फ सात अर्ब ३३ करोड ९३ लाख दुई हजार पाँच सय २० विनियोजित भएको थियो । जसमध्ये सात अर्ब २० करोड ५९ लाख ४२ हजार सात सय ६३ खर्च भएको प्रमुख कोष नियन्त्रक छविन्द्र बेलबासेले जानकारी दिए । संघीय बजेटअन्तर्गत पुँजीगततर्फ एक अर्ब सात करोड ३५ लाख २६ हजार दुई सय ९० रुपैयाँ विनियोजन भएकोमा ९५ करोड ६१ लाख दुई हजार पाँच सय ८४ रुपैयाँ खर्च भएको छ । चालू बजेटको ९८.१८ र पुँजीगतको ८८.५५ प्रतिशत खर्च भएको छ ।
संघको भन्दा प्रदेशको २९ करोड बढी बजेट फ्रिज
संघको भन्दा प्रदेश कार्यालयको २९ करोड बढी बजेट फ्रिज भएको छ । संघका विभिन्न कार्यालयले २५ करोड ६३ लाख ७३ हजार चार सय ६२ र प्रदेशका कार्यालयहरूले ५४ करोड ७० लाख २९ हजार सात सय ४२ हजार काम गर्न नसकेर बजेट फ्रिज गरेका छन् । प्रदेश सरकारबाट बिनियोजित चालूतर्फ १५ करोड २१ लाख ४४ हजार चार सय ७५ रुपैयाँ र पुँजीगततर्फ ३९ करोड ४८ लाख ८५ हजार दुई सय ६७ रुपैयाँ काम हुन नसकी फ्रिज भएको छ ।
गुल्मीमा प्रदेशअन्तर्गत चालू (साधारण)तर्फ ९२ करोड ७१ लाख २२ हजार बजेट विनियोजन भएको थियो । जसमा ७७ करोड ४९ लाख ७७ हजार पाँच सय २५ रुपैयाँ खर्च भएको छ । पुँजीगततर्फ कुल एक अर्ब ६८ करोड २८ लाख ९८ हजार विनियोजित बजेटमध्ये एक अर्ब २८ करोड ८० लाख १२ हजार सात सय ३२ रुपैयाँ खर्च भएको छ । प्रदेश बजेटमा चालूतर्फ ८३.५० र पुँजीगततर्फ ७६.५३ प्रतिशत खर्च भएको कोष तथा लेखा नियन्त्रकको कार्यालय गुल्मीले जनाएको छ ।
ठूला कार्यालयको पुँजीगत खर्चमा प्रगति
जिल्लामा संघीय कार्यालयअन्तर्गत मदन भण्डारी राजमार्ग योजना कार्यालयले ८६.३७ प्रतिशत पुँजीगत खर्च गरेको छ । ५७ करोड ९० लाख ३० हजारमध्ये ५० करोड एक लाख २१ हजार पाँच सय ४५ रुपैयाँ खर्च गरेको छ । त्यस्तै, प्रदेश कार्यालयअन्तर्गत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय गुल्मीले ९२.३१ प्रतिशत पुँजीगत खर्च गरेको छ । कार्यालयले २२ करोड ५७ लाख बजेटमा २० करोड ८३ लाख ५२ हजार आठ सय ४६ खर्च गरेको हो ।
त्यस्तै, सडक पूर्वाधार कार्यालय गुल्मीले एक अर्ब ३८ करोड १० लाख पाँच हजार कुल बजेटमध्ये ७५ करोड ९१ लाख ७२ हजार नौ सय ६ रुपैयाँ अर्थात् ७३.१३ प्रतिशत पुँजीगत बजेट खर्च भएको छ । डिभिजन वन कार्यालय गुल्मीले ८८.९० र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गुल्मीले ७३.१५ प्रतिशत पुँजीगत बजेट खर्च गरेको कोष तथा लेखा नियन्त्रकको कार्यालयका प्रमुख कोष नियन्त्रक छविन्द्र बेलबासेले जानकारी दिए ।
गुल्मीमा संघीय र प्रदेशको ८० करोड बजेट फ्रिज
घोराही–तुलसीपुर ग्राभेल तिहारपछि
३ हप्ता अघि
बेलौरी कृषि पर्यटन मेला सुरु
३ हप्ता अघि
सुझावित समाचार
होन्डाको दसैँ योजनाका तेस्रो हप्ताका विजेता घोषणा
काठमाडौं/ होन्डाको नेपालका लागि आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले दसैँ योजनाका विजेता घोषणा गरेको छ । कम्पनीले &lsqu…
मुक्तिनाथको ‘लोन एप्लिकेसन ट्रयाकिङ’ सेवा
काठमाडौं/ मुक्तिनाथ विकास बैंक लिमिटेडले ‘लोन एप्लिकेसन ट्रयाकिङ’ सेवा सञ्चालनमा ल्याएको छ । यस सेवामार्फत ग्राहकल…
आशुतोष इनर्जीको आइपिओ १४ मंसिरदेखि
काठमाडौं/ आशुतोष इनर्जी लिमिटेडले १४ मंसिरदेखि आइपिओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय तथा वैदेशिक रोज…
सर्वाधिक कर तिर्ने रेमिट्यान्स कम्पनीका रूपमा आइएमई सम्मानित
काठमाडौं/ आइएमई लिमिटेड सर्वाधिक कर तिर्ने कम्पनीका रूपमा सम्मानित भएको छ । रेमिट्यान्स तथा मनी ट्रान्सफरको कारोबार गर्ने कम्पनीम…
सुक्खायाममा विद्युत् आपूर्ति सहज बनाउन १५० मेगावाट विद्युत् आयात गरिने
काठमाडौं/ नेपाल विद्युत् प्राधिकरणले आगामी सुक्खायाममा विद्युत् आपूर्ति व्यवस्थापन सहज बनाउन भारतबाट १५० मेगावाट विद्युत् आयात गर्न…
महँगी उच्चदरमा बढ्यो, असोजमा उपभोक्ता मुद्रास्फीति ६.३७ प्रतिशत
काठमाडौं/ नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनले असोज महिनामा महँगी ह्वात्तै बढेको देखिएको छ। आर्थिक वर्…