मुक्तिनाथको ‘लोन एप्लिकेसन ट्रयाकिङ’ सेवा

शुक्रबार, ४ मंसिर, २०८३
प्रिन्ट संस्करण

काठमाडौं/ मुक्तिनाथ विकास बैंक लिमिटेडले ‘लोन एप्लिकेसन ट्रयाकिङ’ सेवा सञ्चालनमा ल्याएको छ । यस सेवामार्फत ग्राहकले बैंकमा पेस गरेको कर्जा आवेदनको अवस्था तथा प्रगतिसम्बन्धी जानकारी डिजिटल माध्यमबाट सहजै प्राप्त गर्न सक्ने भएका हुन् ।

लोन एप्लिकेसन ट्रयाकिङ सेवाका माध्यमबाट ग्राहकले आफ्नो कर्जा आवेदन हाल कुन चरणमा छ, कर्जा मूल्यांकन तथा स्वीकृति प्रक्रियाको अवस्था के छ र आवेदनसँग सम्बन्धित पछिल्ला अपडेट के–के छन् भन्ने जानकारी जुनसुकै समय र स्थानबाट प्राप्त गर्न सक्नेछन् । 

सुझावित समाचार