महँगी उच्चदरमा बढ्यो, असोजमा उपभोक्ता मुद्रास्फीति ६.३७ प्रतिशत

बिहिबार, ३ मंसिर, २०८३
डिजिटल संस्करण

काठमाडौं/ नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनले असोज महिनामा महँगी ह्वात्तै बढेको देखिएको छ। आर्थिक वर्ष ०८३/८४ को तीन महिनाको विवरणअनुसार असोजमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.३७ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको असोजमा यस्तो मुद्रास्फीति १.४७ प्रतिशत थियो।

असोजमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.०४ प्रतिशत छ भने गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.४६ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.५४ प्रतिशतले ऋणात्मक थियो भने गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.८० प्रतिशत थियो।

केन्द्रीय बैंकको प्रतिवेदन अनुसार चालू आवको तीन महिनाको औसत मुदास्फीति ६.२२ प्रतिशत छ। अघिल्लो वर्षको सोही अवधिको औसत मुद्रास्फीति १.६७ प्रतिशत थियो।

null

See More On

सुझावित समाचार