काठमाडौं/ होन्डाको नेपालका लागि आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले दसैँ योजनाका विजेता घोषणा गरेको छ । कम्पनीले ‘यो दसैँ, आशाको सुरुवात’ योजनाअन्तर्गत ‘होन्डा छ साथसाथ’मार्फत सातै प्रदेशबाट एकएक गरी विजेता घोषणा गरेको हो ।
लक्की ड्रमार्फत सातै प्रदेशबाट पहिलो तीन हप्ताका विजेता कम्पनीले सार्वजनिक गरेको छ । कोशी प्रदेशबाट रामचन्द्र न्यौपाने मधेशबाट अफजल मियाँ, बागमतीबाट गोकुलप्रसाद ओली, गण्डकीबाट विज्ञान लामा, लुम्बिनीबाट कृष्णबहादुर खड्का, कर्णालीबाट पदमबहादुर शाही र सुदूरपश्चिमबाट मदन यादव रहेका छन् । यी विजेताले १० हजारदेखि एक लाखसम्म जितेका हुन् ।
त्यस्तै, दोस्रो हप्ताका विजेतामा क्रमशः विकासकुमार यादव, सुन लामा, राजु महर्जन, बलराम थापा, पुष्पा थारू, मानसिंह दाहाल र विनिता पाठक रहेको कम्पनीले जनाएको छ । त्यसैगरी, तेस्रो हप्तामा क्रमशः आशिष राई, सुशीलकुमार श्रीवास्तव, दिशान्त विष्ट, मनोज घिमिरे, दामोदरबहादुर बुढाथोकी, प्रोभिन्स आयुर्वेद हस्पिटल एन्ड रिसर्च सेन्टर र जुजेस्टर राणा विजयी भएका हुन् ।
कम्पनीले सम्पूर्ण विजेतालाई उनीहरूले जितेको रकम हस्तान्तरण गर्नुका साथै आफ्नो ‘सहयोगको संकल्प’अनुरूप सोहीबराबरको थप रकम पनि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएको छ । साथै, कम्पनीले यो योजना १४ मंसिरसम्मका लागि थप गरिएको जनाएको छ ।